गोपालमान श्रेष्ठ – Nepal Press
गोपालमान श्रेष्ठ

कांग्रेस नेता गोपालमान श्रेष्ठ अस्वस्थ, नर्भिकमा उपचार हुँदै

काठमाडौं । शरीरमा अक्सिजनको मात्रा कमी देखिएपछि कांग्रेस नेता एवं पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ नर्भिक अस्पतालमा भर्ना भएका छन् । स्वास्थ्यमा असहज महसुस भएपछि आइतबार साँझ अस्पताल पुगेका श्रेष्ठलाई भर्ना गरेर उपचार थालिएको हो । श्रेष्ठका सहयोगीका अनुसार हाल जनरल वार्डमा उपचाररत श्रेष्ठको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ ।