नयाँ बजेटमा सुझाव पेश गर्न बागमती प्रदेश सरकारको अनुरोध – Nepal Press

नयाँ बजेटमा सुझाव पेश गर्न बागमती प्रदेश सरकारको अनुरोध

हेटौँडा । बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले आगामी वर्षमा बजेट बनाउनको लागि सबै पक्षसँग सुझाब माग गरेको छ । प्रदेश सरकारले बजेट बनाउनका लागि इमले मार्फत सबै पक्षसँग सुझाव माग गरेको हो ।

मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१– ०८२ को लागि बजेट निर्माणको कामको थालनी गर्न लागेको भन्दै सोही अनुसार इमेल मार्फत सुझाव माग गरेको हो । प्रदेश सरकारको बजेटमा आम नागरिकको सहभागिताको लागि सरकारले आम नागरिक सहित सबै पक्षसँग सुझाव माग गरेको बागमती प्रदेश सरकारका आर्थिक मामिला मन्त्री जगन्नाथ थपलियाले बताए ।

जनप्रतिनिधिसहित अन्य नियकयबाट आएका सुझावको आधारमा बजेट निर्माण गर्दा जनपक्षिय बजेट बन्ने बताउँदै उनले इमेल मार्फत सुझाव संकलन गर्ने कामको थालनी भएको उनको भनाई रहेको छ ।

सरकारले बजेट बनाउँदा आम नागरिकको अपेक्षा पनि बजेटमा समावेश गर्नुपर्ने दायित्वलाई भुल्न नहुने भन्दै मन्त्रालयले यो पटक आम नागरिकबाट पनि सुझाव संकलनको लक्ष्य राखेको जनाएको छ ।

देशको राजधानी समेत रहेको बागमती प्रदेशको बजेट अन्य प्रदेशको भन्दा ठुलो आकारको हुने र यहाँको विकासलाई केन्द्रमा राखेर काम गर्नुपर्ने जनाउँदै मन्त्रालयले आम समूदायको सूझावलाई प्राथमिकतामा राख्ने जनाएको छ ।

मन्त्रालयले बैशाख मसान्तभित्र इमेल मार्फत यहाँका आम नागरिक, बुद्धिजीवि, संघसस्थासँग सुझाव दिनको लागि सूचना मार्फत अनुरोध समेत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर