गोदरेजको नयाँ वर्षः ‘थटफूल न्यू इयर विसेस’ क्यासब्याक र उपहार – Nepal Press

गोदरेजको नयाँ वर्षः ‘थटफूल न्यू इयर विसेस’ क्यासब्याक र उपहार

काठमाडौं । घरेलु उपकरणको प्रख्यात ब्राण्ड गोदरेजले नयाँ वर्षमा ‘थटफूल न्यू इयर विसेस’ नामक अभियान सुरु गरेको छ । यस अभियान अन्तर्गत ग्राहकहरुले गोदरेजका घरायसी सामानहरु खरिद गर्दा रु ३०,००० सम्मको आकर्षक क्यासब्याक र पक्का उपहारहरु प्राप्त गर्न सक्नेछन् ।

थटफूल न्यू इयर विसेस योजना अन्तर्गत ग्राहकहरुले सिंगल डोर रेफ्रिजरेटर, चेस्ट फ्रिजर, एयर कुलरको खरिदमा आकर्षक क्यासब्याक, डबल डोर रेफ्रिजरेटरको खरिदमा सिजी फ्राइ प्यान वा क्यासरोल र साइड बाइ साइड डोर रेफ्रिजरेटरको खरिदमा सिजी मिक्सर ग्राइन्डर पक्का उपहार प्राप्त गर्न सक्नेछन् । त्यस्तै ग्राहकहरुले ट्वीन टप वा टपलोड वासिङ मेसिनको खरिदमा ३ लिटर एरियल र माइक्रोवेभको खरिदमा नि:शुल्क कुकिङ किट प्राप्त गर्न सक्नेछन् । गोदरेज एयर कन्डिसनरको खरिदमा ग्राहकहरुले नि:शुल्क स्थापना पाउन सक्नेछन् ।

यो योजना चैत्र ३०, २०८० बाट सुरु भइ नेपालभर सीमित अवधिको लागि लागू हुनेछ। ६६ वर्षको इतिहासका साथ, गोदरेजले हरेक घरपरिवारका आवश्यकताहरू पूरा गर्न विभिन्न खानाको तयारी, मौसम नियन्त्रण, कपडाको हेरचाह र सफाई सम्बन्धित उत्पादनहरू प्रदान गर्दछ। गोदरेज अप्लायन्सको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत EOL प्रा. लि रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर