नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक र ल्याब प्रमुखलाई दुई दिन थुनामा राख्न अनुमति – Nepal Press

नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक र ल्याब प्रमुखलाई दुई दिन थुनामा राख्न अनुमति

जनकपुरधाम । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारी र ल्याब प्रमुख संजय साहलाई दुई दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालतले कलेजका प्रबन्ध निर्देशक अन्सारी र ल्याब प्रमुख साहलाई दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको पर्साका प्रहरी प्रमुख एसपी कुमोद ढुंगेलले जानकारी दिए ।

वीरगन्ज महानगरपालिका १५ स्थित कलेजको शिक्षण अस्पतालमा विशेष सूचनाको आधारमा औषधि विभाग, महानगरपालिका र प्रहरीको टोलीले छापा मारेको थियो ।सो क्रममा म्याद गुज्रेको केमिकल प्रयोग भएको पाइएपछि कलेजका प्रबन्ध निर्देशक अन्सारी र ल्याब प्रमुख साहलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सन् २०२१ मै म्याद गुज्रेको केमिकल अस्पतालको ल्याबबाट बरामद भएको छ । सो विषयमा प्रहरीले अनुसन्धान गरिरहेका छ ।

यता, पक्राउ परेका कलेजका प्रबन्ध निर्देशक अन्सारी र ल्याब प्रमुख साहलाई रिहा गर्न आज कर्मचारीहरु प्रदर्शन समेत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर