कालीबहादुरको मुद्दामा सर्वोच्चबाट सक्कल मिसिल झिकाउन जिल्ला अदालतको आदेश – Nepal Press

कालीबहादुरको मुद्दामा सर्वोच्चबाट सक्कल मिसिल झिकाउन जिल्ला अदालतको आदेश

काठमाडौं । व्यापारी रामहरी श्रेष्ठको हत्या अभियोगमा पक्राउ परेका माओवादी पूर्वकमाण्डर कालीबहादुर खामलाई आज जिल्ला अदालत चितवनमा पेश गरिएको छ । न्यायाधीश दयाराम ढकालले मुद्दाको मिसिल सर्वोच्चबाट झिकाउन आदेश गरेका छन् ।

खामलाई हिजो प्रहरीले काठमाडौंको ठमेलबाट पक्राउ गरेर आज चितवन ल्याइएको हो । आजै उनलाई अदालत उपस्थित गराएर लामो समयदेखि मुल्तबीमा रहेको मुद्दा अगाडि बढाइएको छ ।

श्रेष्ठको हत्यामा मुछिएका गोविन्द बहादुर बटालालाई सर्वोच्चले सफाइ दिने फैसला गरेपछि त्यसको पुनरावेदनका लागि मिसिल सर्वोच्च पुगेको थियो ।

सर्वोच्चबाट सक्कल मिसिल प्राप्त भएपछि खामलाई अदालतमा उपस्थित गराउन न्यायाधीश ढकालले आदेश गरेका छन् ।

आदेशपछि खामलाई पुनः प्रहरीको जिम्मा लगाइएको श्रेष्तेदार विष्णुप्रसाद आचार्यले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *