सिरहामा १० वर्षीय बालक पोखरीमा मृत भेटिए – Nepal Press

सिरहामा १० वर्षीय बालक पोखरीमा मृत भेटिए

जनकपुरधाम । सिरहाको औरही गाउँपालिका ४ खजनपुरस्थित पोखरीमा डुबेको अवस्थामा १० वर्षीय बालक मृत फेला परेका छन् ।

आज बिहान बद्री यादवका १० वर्षीय छोरा सचिन कुमार यादव पोखरीमा मृत फेला परेका हुन् । गन्हाएपछि स्थानीयले पोखरीमा खाेजी गर्दा बालक सचिन मृत फेला परेको स्थानीय सन्तोष यादवले जानकारी दिए ।

उनका अनुसार सचिन तीन दिनदेखि बेपत्ता थिए । आफन्तले सामाजिक सञ्जालमा समेत बालक हराएको सूचना राखेका थिए । तर आज पोखरीमा मृत भेटिएका हुन् ।

मृतक बालकको शव पोस्टमार्टमका लागि प्रहरीले सिरहा प्रादेशिक अस्पताल लैजाने तयारी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर