ढोलाहिटी ग्याङफाइटमा चक्कु प्रहार गर्ने विजय राईलाई भगाएको आरोप लागेका गुरुङले गरे आत्मसमर्पण – Nepal Press

ढोलाहिटी ग्याङफाइटमा चक्कु प्रहार गर्ने विजय राईलाई भगाएको आरोप लागेका गुरुङले गरे आत्मसमर्पण

काठमाडौं । फागु पूर्णीमाको रात ललितपुरको ढोलाहिटीमा दुई युवकको ज्यान जाने गरी भएको ग्याङ फाइटमा फरार रहेका राजु गुरुङले प्रहरीमा आत्मसमर्पण गरेका छन् ।

गुरुङ आफैं उपस्थित भएको ललितपुर प्रहरीले जनाएको छ । घटनाको मुख्य अभियुक्त विजय राईलाई मोटरसाइकलमा राखेर भगाउन खोजेको आरोप गुरुङमाथि छ । राई भने घटना भएकै रात पक्राउ परेका थिए । राईले चलाएको चक्कुले लागेर पुजन राई र रेबस राईको मृत्यु भएको थियो । आरोपी ५ मध्ये ४ जना यसअघि नै पक्राउ परेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर