भक्तपुरको एक होटलमा जुवाखालबाट २० जना पक्राउ, ६ लाख बरामद – Nepal Press

भक्तपुरको एक होटलमा जुवाखालबाट २० जना पक्राउ, ६ लाख बरामद

काठमाडौं । भक्तपुरको त्रिशूलडाँडास्थित एक होटलमा जुवा खेलिरहेको आरोपमा २० जना पक्राउ परेका छन् ।

भक्तपुर प्रहरीको टोलीले स्थानीय रुद्राक्ष होटलको पहिलो तलामा जुवा खेलिरहेको सूचनाका आधारमा छापा मारेको थियो ।

प्रहरीले ६ लाख ७ हजार ५ सय रूपैयाँ र ६ बुक तास पनि बरामद भएको जनाएको छ । आवश्यक अनुसन्धानका लागि होटल सञ्चालक रेलकुमार तामाङलाई पनि नियन्त्रणमा लिइएको छ ।

प्रहरीको टोली सोमबार राति साढे १० बजे उक्त होटलमा पुगेको थियो । जुवा खालबाट उनीहरूलाई नियन्त्रणमा लिइएको भक्तपुर प्रहरी प्रवक्ता राजन कार्कीले जानकारी दिए । उनीहरूमाथि जुवासम्बन्धी मुद्दामा अनुसन्धान सुरू गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *