सोह्रखुट्टेबाट ५ बङ्गलादेशी नागरिक पक्राउ – Nepal Press

सोह्रखुट्टेबाट ५ बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौं । प्रहरीले भिसा अवधि सकिएर पनि गैरकानुनी तवरले नेपाल बसिरहेका पाँच बंगलादेशीलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा बंगलादेश ढाका घर भई हाल काठमाडौं सोह्रखुट्टे बस्ने २६ वर्षीय एमडी रिफत अहमद, २३ वर्षीय एमडी अब्दुल्ला, ४५ वर्षीय एमडी समुयल होडा, ३० वर्षीय अब्दुल विश्वास तथा ३६ वर्षीय एमडी मासुम मियाँ रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए ।

उनका अनुसार भिसा अवधि समाप्तपश्चात् बङ्गलादेशी नागरिक विभिन्न मितिमा नेपाल प्रवेश गरी गैरकानुनी ढङ्गले बसोबास गर्नाका साथै शंकास्पद गतिविधिमा संलग्न रहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई सोह्रखुट्टेबाट पक्राउ गरिएको हो ।

विश्वास र मियाँलाई यही चैत ९ गते र अन्य तीनजनालाई सोमबार पक्राउ गरिएको हो । निजहरूलाई थप अनुसन्धानसहित कारबाहीका लागि अध्यागमन विभाग पठाइएको छ ।

-रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *