४ असईसहित २३ जना प्रहरी सम्पर्कविहीन, हाजिर हुन नआए बर्खास्त गरिने (सूचीसहित) – Nepal Press

४ असईसहित २३ जना प्रहरी सम्पर्कविहीन, हाजिर हुन नआए बर्खास्त गरिने (सूचीसहित)

काठमाडौं । लामो समयदेखि सम्पर्कबाहिर रहेका २३ जना प्रहरीलाई ७ दिनभित्र हाजिर हुन आउन प्रहरी प्रधान कार्यालयले सूचना निकालेको छ ।

प्रहरी मुख्यालयका अनुसार ४ जना असई, एकजना प्रहरी हवल्दारसहित २३ जना लामो समयदेखि गैरहाजिर रही बेपत्ता भएका हुन् । यसबीचमा खोजी गर्दा पनि नभेटिएपछि प्रहरी प्रधान कार्यालयले सूचना निकालेर ७ दिनभित्र चित्तबुझ्दो कारण लिएर स्पष्टीकरणसहित हाजिर हुन निर्देशन दिएको हो ।

अन्यथा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाइने सूचनामा उल्लेख छ ।

हेर्नुस् प्रहरी मुख्यालयको हाजिर हुन आउनेबारेको सूचना


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर