रवि लामिछानेलाई गृहमन्त्री नमान्ने कांग्रेसको अडान, आज विधेयक पेश गर्न नदिने – Nepal Press

रवि लामिछानेलाई गृहमन्त्री नमान्ने कांग्रेसको अडान, आज विधेयक पेश गर्न नदिने

काठमाडौं । सत्ताबाट हठात बाहिरिएर प्रमुख विपक्षी कित्तामा पुगेको नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई विधेयक पेश गर्न नदिने भएको छ ।

गृहमन्त्री लामिछाने आफैं सहकारी ठगी तथा दोहोरो राहदानी प्रकरणमा अनुसन्धानको दायरामा रहेको व्यक्ति भन्दै कांग्रेसले संसदमा लगातार प्रधानमन्त्रीको जवाफ माग गरिरहेको छ ।

प्रतिनिधिसभाको आजको कार्यसूचीमा गृहमन्त्रीले राजनीतिक दलसम्बन्धी विधेयक पेश गर्ने रहेकोमा कांग्रेसले लामिछानेलाई गृहमन्त्री मान्न नसकिने र विधेयक पेश गर्न नदिने तयारी गरेको छ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले यसअघि एमाले र रास्वपाले नै छानबिनको दायरामा रहेका र प्रश्न उठेका व्यक्ति मन्त्रीमा रहन नहुने भनेर सदनको कारवाही रोकेको स्मरण गराउँदै गृहमन्त्री लामिछानेको सन्दर्भमा दोहोरो मापदण्ड देखाउन नमिल्ने बताए ।

कांग्रेसले गृहमन्त्रीलाई विधेयक पेश गर्न नदिने तयारी गरेपछि सभामुखले प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका छन् ।


प्रतिक्रिया

One thought on “रवि लामिछानेलाई गृहमन्त्री नमान्ने कांग्रेसको अडान, आज विधेयक पेश गर्न नदिने

  1. अलि कान्ग्रेशले ‘रबि’ लाई प्रधानमंत्रीको अफर गरेको थियो : यदि उनले त्यो मानेको भए उनि प्रधानमन्त्री बन्थे : त्यो बेला ‘रबी’ सहकार ठग हुन्थे कि हुन्न थे ?
    => अनि कांग्रेसका यी ‘चतुरे’ हरुले प्रधानमन्त्री मान्थे कि मान्थेनन ??
    => २ जिब्रे कांग्रेश, स्वार्थि कांग्रेश, भ्रस्ट कांग्रेश, यो देशको दुरादसाको कारक कांग्रेश !!
    => रविको गल्ति नै देखियो भने पनि पहिला यो देश डुवाउने कांग्रेशका एक एक ‘काला’ मान्छेहरुलाई खोज्नु र कोच्नु पर्छ !!!
    => कांग्रेशको यो छटपटी त्येही कुरा को संकेत हो :: कारबाहीबाट बच्न बाटो छेक्ने : रबीको राजिनामा रे !! => खुट्टा नकमाउ : झन् बलियो बन : अहिलेको गठबन्दन देशको आवस्येक्ता हो र आश जगाउने सक्ति हो : टुट्नु हुन्न !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर