वर्कसपमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकको मृत्यु, ५ जना घाइते – Nepal Press

वर्कसपमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकको मृत्यु, ५ जना घाइते

बारा । बारा निजगढको एक वर्कसपमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ । उक्त घटनामा पाँचजना घाइते भएका छन् । रेशम मगरको रोहित वर्कसपमा ग्यास वेल्डिङ गर्ने क्रममा सिलिन्डर पड्किएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी दधिराम न्यौपानेले जानकारी दिए ।

उक्त घटनामा निजगढ नगरपालिका-५ का ४५ वर्षीय रेशम मगरको बयोधा अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । विस्फोटबाट सूर्यबहादुर थापा, फिरोद देवान, रितु रजत, राकेश जयसवाल र अरविन साह घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *