अष्ट्रेलियामा लिग खेलेर फर्किएका कुशल भुर्तेलको खराब लय, पछिल्ला दुई खेलमा डक आउट – Nepal Press

अष्ट्रेलियामा लिग खेलेर फर्किएका कुशल भुर्तेलको खराब लय, पछिल्ला दुई खेलमा डक आउट

काठमाडौं । अष्ट्रेलियामा लिग खेलेर फर्किएका नेपाली राष्ट्रिय क्रीकेट टीमका ओपनिङ ब्याटर कुशल भुर्तेलले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा खराब प्रदर्शन गरेका छन् ।

करिब १ महिना अष्ट्रेलियामा क्लबस्तरीय भिक्टोरियन प्रिमियर लिग खेलेर फर्किएका भुर्तेलले प्रधानमन्त्री कपका ३ खेलमा खराब प्रदर्शन गरेका हुन् । उनले खेलेका ३ खेलमा ब्याटिङतर्फ मात्र १२ रन बनाएका छन् ।

उनले कोशी प्रदेशविरुद्ध १० बलमा १२ रन बनाएका हुन् । अन्य दुई खेलमा खाता नै खोल्न सकेनन् । दुई खेलमा भुर्तेल शून्य रनमा आउट भएका छन् । सशस्त्र प्रहरी बल (एपीएफ) विरुद्ध ५ बल र त्रिभुवन आर्मी क्लबविरुद्ध पहिलो बलमै शून्य रनमा आउट भएका हुन् ।

पछिल्लो खेलमा भुर्तेलले बलिङ पनि गरेका थिए । बलिङमा पनि खासै राम्रो प्रदर्शन गरेका छन् । कोशीविरुद्ध ६ ओभर बलिङ गरेका भुर्तेलले १ मेडनसहित ४१ रन खर्चेर १ विकेट लिएका थिए । आर्मीविरुद्ध १ ओभर बलिङ गरेका भुर्तेलले १० रन खर्चिए । एपीएफविरुद्ध बलिङ गर्न बाँकी छ ।

कोशी र आर्मीविरुद्ध ओपनिङ गरेका भुर्तेल एपीएफविरुद्ध भने छैटौं नम्बरमा ब्याटिङ गर्न आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर