भारतको सर्वोच्चको एक फैसलापछि अम्बानीलाई उछिनेर एसियाको सबैभन्दा धनाड्य बने अडानी – Nepal Press

भारतको सर्वोच्चको एक फैसलापछि अम्बानीलाई उछिनेर एसियाको सबैभन्दा धनाड्य बने अडानी

काठमाडौं । भारतीय सर्वोच्च अदालतको एक फैसलाबाट भारतका डलरे अर्बपति गौतम अडानी एसियाकै सबैभन्दा धनाड्य बन्न सफल भएका छन् । उनले भारतकै मुकेश अम्बानीलाई पछि पारेर एसियाको नम्बर एक धनाड्य बन्न सफल भएका हुन् ।

बुधबार भारतको सर्वोच्च अदालतले अडानीले स्टक एक्सचेन्जलाई बढाइचढाइ गरेकोमा विशेष अनुसन्धान गर्नु नपर्ने फैसला सुनाएपछि उनी एसियाको सबैभन्दा धनि बनेका हुन् । हाल उनी विश्वका १२ औँ धनाड्य व्यापारीमा पर्छन् ।

मुकेश अम्बानी उनी भन्दा एक स्थान मुनि रहेका छन् । ९७.६ अर्ब डलर सम्पत्ति भएका अडानी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट मानिन्छन् । सन १९८८ मा स्थापना भएको उनको अडानी ग्रुपले मोदी सरकार आएपछि एकपछि अर्को फड्को मारेपछि यस्तो आरोप लाग्ने गरेको छ ।

केही सयम अगाडि अमेरिकाको अनुसन्धान संस्था हिन्डेनबर्गले अडानी समुहले स्टक एक्सचेन्ज जथाभावी बढाइचढाइ गरेको रिपोर्ट प्रकाशन गरेपछि स्टक एक्सचेन्जमा व्यापक गिरावट आएको थियो । बुधबारको सर्वोच्चको फैसलापछि भने त्यो १८ प्रतिशत बढेको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।

आरटीका अनुसार अडानि समुह प्रारम्भमा टे्डिङ कम्पनीको रुपमा आएपछि पछिल्लो समयमाले यसले खानी, पुर्वाधार, जलस्रोतदेखि बन्दरगाहको काममा पनि सक्रियता देखाइरहेको छ । भारतको एक्लो सबैभन्दा ठूलो निजी बन्दरगाह संचालक कम्पनी अडानी समुहकै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *