तस्बिरमा हेर्नुस् कांग्रेस बैठक, जेलबाट छुटेका बालकृष्ण खाण भने अनुपस्थित – Nepal Press

तस्बिरमा हेर्नुस् कांग्रेस बैठक, जेलबाट छुटेका बालकृष्ण खाण भने अनुपस्थित

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बसेको हो । बैठकमा पार्टीबाट सरकारमा गएका मन्त्रीहरुको कामको समीक्षा, आगामी पुस १६ गते पार्टीले मेलमिलाप दिवस मनाउने सम्बन्धमा, महासमिति बैठकको तयारीलगायतका विषयमा छलफल हुने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।

बैठकमा नेता बालकृष्ण खाण भने अनुपस्थित छन् । नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका खाण केही दिनअघि ३० लाख धरौटीमा छुटेका थिए ।

बैठकले राष्ट्रियसभा निर्वाचनमा आवश्यक मापदण्ड र पार्टीले यसअघि नै सुरू गरेको समुदायमा कांग्रेस अभियानका सम्बन्धमा समेत छलफल हुने उनले बताए । बैठकको एजेण्डा हिजो सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेर टुंग्याएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर