घट्यो पेट्रोल/डिजेलकाे मूल्य (सूचीसहित) – Nepal Press

घट्यो पेट्रोल/डिजेलकाे मूल्य (सूचीसहित)

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आजै राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेल/मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य घटाएको हो ।

इण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आएपछि निगमले मूल्य समायोजन गरेको जनाएको छ ।

अब नयाँ मूल्यअनुसार पहिलो वर्गमा पेट्रोल प्रतिलिटर १६४.५०, दोस्रो १६६ र तेस्रो वर्गमा १६७ रुपैयाँ पर्नेछ । त्यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गमा १५४.५०, दोस्रो वर्गमा १५६ र तेस्रो वर्गमा १५७ रुपैयाँ प्रतिलिटर पर्ने निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *