तस्बिरमा हेर्नुहोस् २९औं महानगर दिवस समारोह – Nepal Press

तस्बिरमा हेर्नुहोस् २९औं महानगर दिवस समारोह

काठमाडौं । काठमाडौं महानगरपालिकाले २९ औं महानगर दिवस मनाएको छ ।

आज मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथिका रूपमा उपस्थित भएका छन्, कार्यक्रममा उपत्यका साथै बाहिरका विभिन्न स्थानीय जनप्रतिनिधि, सेलिब्रेटी सहभागी छन् ।

धरानका मेयर हर्क साम्पाङ्ग, बलिउड अभिनेत्री मनिषा कोइराला, क्यानका सचिव पारस खड्का, डा. सन्दुक रुइतलगायत पनि कार्यक्रममा पुगेका छन् । मेयर बालेन साहकी पत्नी सविना काफ्ले मञ्चमा श्रीमान्‌सँगै बसेकी थिइन् ।

कार्यक्रममा विभिन्न जातजातिको पहिचान झल्किने सांस्कृतिक प्रस्तुति, नगर प्रहरी, नेपाल प्रहरीलगायतले फौजी कलाकौशल देखाएका थिए ।

काठमाडौं महानगरपालिकाले समाजमा योगदानको कदरस्वरूप केही व्यक्तिलाई सम्मानसमेत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर