रञ्जित रेको दाबी- प्रचण्डले दिल्लीमा १९५० को सन्धि, सीमा समस्या र ईपीजीको कुरा उठाएनन् – Nepal Press

रञ्जित रेको दाबी- प्रचण्डले दिल्लीमा १९५० को सन्धि, सीमा समस्या र ईपीजीको कुरा उठाएनन्

‘भैरहवा विमानस्थल सन्चालनअघि नेपालले भारतसँग सल्लाह गर्नुपर्छ, नेपालको नयाँ नक्सा भारतलाई स्वीकार्य छैन’

काठमाडौं । नेपालका लागि पूर्वभारतीय राजदूत तथा ‘काठमाडौं डिलेमा’ किताबका लेखक रञ्जित रेले भारत भ्रमणमा हुँदा प्रधानमन्त्री प्रचण्डले सन् १९५० को सन्धि, ईपीजी प्रतिवेदन र सीमा समस्यादेखि गोर्खा भर्तीका कुरा नउठाएको खुलासा गरेका छन् ।

प्रचण्डले आर्थिक मुद्दामात्रै उठाएको भारतीय संस्थापननिकट पूर्वराजदूत रेले उल्लेख गरेका छन् । भारतको रिसर्च संस्था सेन्टर फर रिसर्च अन स्ट्राटेजिक एण्ड सेक्युरिटी इस्युज्मा एक लामो आलेख लेख्दै रेले यस्तो उल्लेख गरेका हुन् ।

रेले एसियाली विकास बैंकको ऋण तथा चीनको कम्पनीले बनाएको भैरहवा विमानस्थल सञ्चालन अगाडि नेपालले भारतको सल्लाह लिनुपर्ने समेत बताएका छन् । चीनले प्रभावित बनाएका नेपाली कम्युनिस्टहरूले एमसीसी चीनविरोधी कार्यक्रम भएको भन्दै यसलाई इण्डो प्यासिफिक रणनीतिकको अंग भएको भन्ने भाष्य बनाएको उल्लेख गरेका छन् ।

एमसीसी पारित भएपछि अमेरिकी सम्पर्क बढेर गएको तथा सिआइए निर्देशकको नेपाल भ्रमण तालिका आएपछि नेपालले अस्वीकार गरेको समेत रेले उल्लेख गरेका छन् ।

रेले बीआरआई बारेमा लेखेका छन्, ‘ओलीको समयमा चीनको बीआरआई परियोजना अगाडि बढे पनि अहिलेको सरकारको समयमा यसको कार्यान्वयनमा समस्या ज्यादै थोरै प्रगति भएको छ ।
प्रचण्डको चीन भ्रमणमा भएको ताइवानको नाम लिएर यसको स्वतन्त्रताको विरुद्धमा आएको अभिव्यक्ति कम चासो गरिएको रेको भनाइ छ ।

सुगौली सन्धि भएको २०५ वर्षपछि नेपालले नयाँ नक्सा ल्याएकोले भारतलाई मान्य नहुने रेको दाबी छ भने उनले नेपालको सामाजिक तनावको बारेमा पनि लेखेका छन् । लेखमा तराईको हिन्दू-मुस्लिम र धरानको हिन्दू-जनजाति समस्याले नेपालको सामाजिक सद्भाव बिथोल्न सक्ने भनिएको छ ।


प्रतिक्रिया

One thought on “रञ्जित रेको दाबी- प्रचण्डले दिल्लीमा १९५० को सन्धि, सीमा समस्या र ईपीजीको कुरा उठाएनन्

  1. प्रचण्डले दिल्लीकै आदेश मानेर कुरा नउठाएका हुन् । नेपालसँग १९५० को सन्धी, सिमा समस्या र ईपिजि समस्या छैन भनेर प्रमाणित गराउन खोजेको हो भारतले । नेपालको विकास नहुनुमा सबैभन्दा जिम्मेवार तत्व भनेको सन् १९५० को सन्धी हो । भारत यसलाई फेर्न चाहादैन किनकी यो मार्फत उसले नेपालमाथि नियन्त्रण कायम गर्न पाएको छ । अहिलेको गठबन्धन र प्रचण्ड त उहीँ दिल्लीले बनाईदिएका हुन् । यिनले केको हिम्मत गर्थे त्यस्तो कुरा उठाउन ।यी त भारतको चाकडी गरेर खान मात्र सत्तामा गएका हुन् । यस्ता कुरा उठाउने, त्यसलाई टुङ्गो लगाएर नेपाललाई स्वाभिमानी र समृद्वराष्ट्र बनाउने भनेको एमाले र ओलिले मात्र हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर