विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड संशोधन गर्ने सरकारको निर्णय, अन्य के-के ? – Nepal Press

विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड संशोधन गर्ने सरकारको निर्णय, अन्य के-के ?

भरतपुर महानगरपालिकालाई चीनको सिगात्से सहरबीच भगिनी सम्बन्ध स्थापना गर्नका लागि स्वीकृति

काठमाडौं । सरकारले विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड संशोधन गर्ने निर्णय गरेको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयले प्रस्ताव गरेको जिल्लाको राहत उद्धार कोषबाट तत्काल खर्च गर्नका लागि प्रमुख जिल्ला अधिकारीलाई अख्तियारी दिने र राहत सामग्री ढुवानीमा भइरहेको समस्या समाधानको व्यवस्था रहनेगरी विपद् पीडित उद्धार र राहत सम्बन्धी मापदण्ड संशोधन गर्ने निर्णय गरेको हो ।

बैठकले नेपाल र कतारबीचको युवा तथा खेलकुदसम्बन्धी समझदारी पत्र स्वीकृत गर्ने, नेपाल सरकार र जापन सरकारबीच हुने प्राविधिक इन्टर्न तालिमसम्बन्धी द्धिपक्षीय समmभदारीपत्र स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले भरतपुर महानगरपालिका र जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतको सिगात्से सहरबीच भगिनी सम्बन्ध स्थापन गर्न भरतपुर महानगरपालिकालाई स्वीकृत दिने निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषद् बैठकले गरेका १८ वटा निर्णय यस्ता छन्:

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *