राष्ट्रसंघ महासचिवले शान्ति सेनामा जीवन गुमाउने नेपाली सिपाहीको सम्झनामा रोष्टमबाटै गरे मौनधारण – Nepal Press

राष्ट्रसंघ महासचिवले शान्ति सेनामा जीवन गुमाउने नेपाली सिपाहीको सम्झनामा रोष्टमबाटै गरे मौनधारण

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले शान्ति सेनामा जीवन गुमाउने नेपाली सिपाहीको सम्झनामा रोष्टमबाटै गरे मौनधारण गरेका छन् ।

नेपाल भ्रमणमा रहेका बेलामा संघीय सदनको संयुक्त सभालाई सम्बोधन गर्दै रोष्टमबाटै गरे मौनधारण गरेका हुन्।

महासचिव गुटेरेसले मौनधारण थालेपछि सभामुख देवराज घिमिरेले सिंगो सदनलाई एक मिनेट समय मौनधारण गर्न आग्रह गरेका थिए ।

महासचिव गुटेरसले राष्ट्रसंघीय शान्ति मिसनमा नेपाल विश्वकै दोस्रो योगदानकर्ता देश भएको भन्दै संसारभर शान्ति स्थापनामा नेपाली सेना र प्रहरीले खेलेको भूमिका अद्धितीय रहेको बताए ।

उनले शान्ति स्थापनाको क्रममा विरगति प्राप्त गर्ने नेपाली सिपाहीको सम्झनामा मौनधारणको प्रस्ताव राखेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर