राष्ट्रसंघका महासचिव गुटेरेसको सम्बोधनको लागि संसद भवनमा तयारी पूरा (तस्विरहरु) – Nepal Press

राष्ट्रसंघका महासचिव गुटेरेसको सम्बोधनको लागि संसद भवनमा तयारी पूरा (तस्विरहरु)

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसको संघीय संसदलाई सम्बोधन गर्ने तयारी पूरा भएको छ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा भइरहेको तयारीबारे प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सोमबार अपराह्न संयुक्त सदनको बैठक (प्रतिनिधिसभा) कक्षको व्यवस्थापकीय र प्राविधिक पक्षको निरीक्षण गरेका छन् ।

महासचिव गुटेरेसले मंगलबार अपराह्न ४ बजे संयुक्त सदनको बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ । सभामुखले संसद सचिवालयका उच्च अधिकारीलाई व्यवस्थापन पक्षलाई त्रुटिरहित सम्पन्न गर्न निर्देशन दिएका छन् ।

सभामुख घिमिरेलाई संसद सचिवालयका महासचिव डा. भरतराज गौतम, प्रतिनिधिसभा सचिव पदमप्रसाद पाण्डेय, राष्ट्रियसभा सचिव डा. सुरेन्द्र अर्याल, प्रवक्ता एकराम गिरी, सुरक्षा अधिकारीलगायतले तयारीबारे जानकारी गराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *