७० रनमा सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट – Nepal Press

७० रनमा सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट

काठमाडौं । टी-२० विश्वकप क्वालिफायरको पहिलो म्याचमा नेपालले सिंगापुरलाई दवावमा राखेको छ । टस जितेर ब्याटिङ रोजेको सिंगापुरले ७० रन बनाउँदा ५ जना ब्याट्सम्यान पेभिलियन फर्किएका छन् ।

इनिङको दोस्रो बलमै करण केसीले सिंगापुरका कप्तान अनित्रा दत्तको विकेट लिएर नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । तर, अर्का ओपनर रोहन रंगरानले आक्रामक ब्याटिङ गर्दै नेपालका बलरलाई दवावमा पारे । गुल्शन झाले उनलाई सन्दीप जोराको हातबाट क्याच गराएपछि नेपाल खेलमा फर्कियो ।

तेस्रो नम्बरमा आएका सुरेन्द्र चन्द्रमोहनलाई सन्दीप लामिछानेले बोल्ड गरे । गुल्शन र सन्दीपले आआफ्नो खातामा १–१ विकेट थपेपछि सिंगापुर दवावमा आएको छ । यो समाचार लेख्दासम्म सिंगापुरले ११ ओभरमा ७५ रन बनाएर खेलिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर