एमाले कर्णाली चुनाव : ४ घण्टापछि सुरू भयो गणना – Nepal Press

एमाले कर्णाली चुनाव : ४ घण्टापछि सुरू भयो गणना

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्वका लागि भएको मतदानको गणना भर्खर सुरू गरिएको छ ।

बिहान ८ बजेदेखि मतगणना हुने भनिएता पनि ४ घण्टापछि गणना थालिएको हो । गोप्य मतदान भनेर प्यानलको लिस्टै बोकी खुल्मखुल्ला भोट हालिएको भन्दै विवाद भएपछि गणना विलम्व भएको थियो ।

उम्मेदवार र नेताबीच छलफलपछि गणना थालिएको हो ।

यहाँ कुल ६१६ मतदातामध्ये ६०९ जनाले भोट हालेका थिए ।

कर्णाली अध्यक्षका लागि कालीकोटका मीनबहादुर शाही, प्रकाश रोकाया र सल्यानका गुलावजंग शाह मैदानमा छन् । यस्तै, उपाध्यक्षमा जाजरकोटका लालबहादुर महतारा, मुगुका दानसिंह परियार र जुम्लाका टेकराज पछाई, सचिवमा दैलेखका रुद्रबहादुर शाही र सुर्खेतका ध्रुवकुमार शाही छन् ।

उपसचिवमा ११ जना प्रतिस्पर्धी छन् ।

सर्वसम्मत नेतृत्व चयन गर्न असफल भएपछि आइतबार साढे १ बजेदेखि मतदान भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर