प्यानलको लिस्ट बोकेर मतदान गराएको भन्दै कर्णालीमा विवाद, सुरू भएन गणना – Nepal Press

प्यानलको लिस्ट बोकेर मतदान गराएको भन्दै कर्णालीमा विवाद, सुरू भएन गणना

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको गणनामा ढिलाइ भएको छ ।

आइतबार राति ९ बजे मतदान सकिएको थियो । बिहान ८ बजेदेखि गणना थाल्ने भनिएकोमा ११ बज्न लाग्दासमेत सुरू नभएको हो । गोप्य मतदान भनेर प्यानलको लिस्टै बोकेर खुल्लाजस्तै गरिएको भन्दै विवाद भएपछि गणना विलम्व भएको स्रोतले बतायो ।

विवाद समाधान गर्न भनेर उम्मेदवार र नेताहरू छलफलमा छन् । छलफलबाट समाधान निस्किएपछि गणना थालिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कर्णाली अध्यक्षका लागि कालीकोटका मीनबहादुर शाही, प्रकाश रोकाया र सल्यानका गुलावजंग शाह मैदानमा छन् । यस्तै, उपाध्यक्षमा जाजरकोटका लालबहादुर महतारा, मुगुका दानसिंह परियार र जुम्लाका टेकराज पछाई, सचिवमा दैलेखका रुद्रबहादुर शाही र सुर्खेतका ध्रुवकुमार शाही छन् ।

उपसचिवमा ११ जना प्रतिस्पर्धी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर