दाङ उद्योग वाणिज्य संघमा सत्तारुढ गठबन्धनका व्यवसायीको वर्चश्व – Nepal Press

दाङ उद्योग वाणिज्य संघमा सत्तारुढ गठबन्धनका व्यवसायीको वर्चश्व

रुपन्देही । दाङ उद्योग वाणिज्य संघको नेतृत्वमा सत्तारुढ गठबन्धननिकटका व्यवसायीको वर्चश्व देखिएको छ ।

दाङ उद्योग वाणिज्य संघमा सत्ता गठबन्धन दल र एमाले, राप्रपा, नेकपानिकटको गठबन्धननिकट व्यवसायी आ-आफ्नो प्यानल बनाएर भिडेका थिए । सत्तारुढनिकट व्यवसायीको प्यानलले उपाध्यक्षबाहेकको पदमा जित हात पारेको हो । अध्यक्षमा वसन्त जोशी १३४५ मत ल्यिाएर विजयी हुँदा प्रत्यासी रामप्रसाद पोखरेल ९१० मतमा रोकिए ।

निर्वाचनबाट उद्योग उपाध्यक्षबाहेक सबै पदमा जोशीको प्यानलका उम्मेदवार विजयी भए । उद्योग उपाध्यक्ष भने पोखरेल प्यानलका ध्रुवकुमार गहतराजले जिते । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा नरेशकुमार श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा लीलाराम खड्का, महासचिवमा महेन्द्र बुढाथोकी, सचिवमा विकास वली, कोषाध्यक्षमा जगत आचार्य र सहकोषाध्यक्षमा माधव खनाल निर्वाचित भएका छन् ।

उद्योग सदस्यमा विक्रम राना, महिला सदस्यमा लीला नेपाली, वस्तुगत सदस्यमा विष्णुप्रसाद रिजाल र एशोसियट सदस्यमा युवराज पोखरेल निर्वाचित भए । रुद्रबहादुर जैशी, दीपक पण्डित, निमबहादुर बुढाथोकी, युवराज पन्त, रामप्रसाद पोखरेल, पुष्करराज न्यौपाने, तोर्वु तामाङ र सुरज बुढाथोकी सदस्यमा निर्वाचित भए ।

कुल ३३५८ मतदातामध्ये २३५७ भोट खसेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर