एमाले कोशी चुनाव : रातभर मतदान, केहीबेरमा गणना थालिने – Nepal Press

एमाले कोशी चुनाव : रातभर मतदान, केहीबेरमा गणना थालिने

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको नयाँ नेतृत्वका लागि भएको मतदानमा ९७७ जना प्रतिनिधिले भोट हालेका छन् । कुल ९९७ प्रतिनिधिमध्ये २० जना अनुपस्थित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

आइतबार दिउँसो १२ बजेबाटै मतदान गर्ने तय भएपनि आकांक्षीबीच सहमति गराउने लामो प्रयास असफल भएपछि राति १० बजेबाट मात्र मतदान सुरू भएको थियो । बिहान सवा ५ बजेतिर मात्र मतदान सकियो ।

अब बैठक बसेर आवश्यक निर्णय गरी बिहान १०-११ बजेतिरबाट गणना थाल्ने तयारी छ ।

कोशीमा अध्यक्षका लागि मोरङ लेटाङका घनश्याम खतिवडा र विराटनगरका विनोद ढकाल प्रतिस्पर्धामा छन् । ढकाल अहिले केन्द्रीय सदस्य छन् भने खतिवडा प्रदेश प्रचार विभाग प्रमुख हुन् ।

सचिवमा पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेस लामा मैदानमा छन् । २ जना उपसचिवमा ३ जनाको मनोनयन परेको छ । खोटाङका देवान राई, झापाकी जलवर्षा राजवंशी र मोरङका खेम नेपाली उपसचिवको उम्मेदवारका रूपमा खडा भएका छन् ।

ढकाल र खतिवडाले पदाधिकारीमा प्यानलसहित उम्मेदवार उठाएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर