एमाले कर्णाली अधिवेशन : सकियो मतदान, परिणाम कहिले ? – Nepal Press

एमाले कर्णाली अधिवेशन : सकियो मतदान, परिणाम कहिले ?

जम्मा ६०९ मत खस्यो

सुर्खेत । एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न भएको छ । आइतबार दिउँसो साढे १ बजेदेखि सुरु भएको मतदान ९ बजे सम्पन्न भएको हो ।

कुल ६१६ मतदातामध्ये हालसम्म ६०९ मत खसेको प्रदेश अधिवेशन निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत मातृकाप्रसाद खनालले जानकारी दिए । उनका अनुसार मत गणना सोमबार बिहान ८ बजेदेखि सुरु हुनेछ ।

प्रदेश अध्यक्षमा कालीकोटका मीनबहादुर शाही, कालिकोटकै प्रकाश रोकाया र सल्यानका सल्यानका गुलावजंग शाह प्रतिस्पर्धामा छन् । यस्तै, सचिवमा सुर्खेतका ध्रुवकुमार शाही र दैलेखका रुद्रबहादुर शाही उम्मेदवार रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर