एमाले कर्णाली अधिवेशन : मतदान ढिलो हुँदा प्रतिनिधिहरु आक्रोशित, प्रचारप्रसार शैली फरक (भिडिओ) – Nepal Press

एमाले कर्णाली अधिवेशन : मतदान ढिलो हुँदा प्रतिनिधिहरु आक्रोशित, प्रचारप्रसार शैली फरक (भिडिओ)

सुर्खेत । नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशनमा मतदान जारी छ । बुधबारदेखि सुरु भएको अधिवेशन आइतबार मात्रै नयाँ नेतृत्व चयनका लागि मतदान सुुरु भएको हो ।

तर मतदानको समय धेरै पटक सारिएको भन्दै प्रतिनिधिहरुले आक्रोश व्यक्त गरेका थिए । कालिकोटबाट प्रतिनिधि भएर आएकी लक्ष्मी चौलागाइले टाढाबाट आएकाहरुलाई असहज भएको बताइन् ।

उनले भनिन्, ‘अधिवेशनका लागि गाउँघरमा घाँस काट्ने समय आएको छ, धान काट्ने समय भएको छ, त्यो थाति राखेर अधिवेशनमा आएका छौं । सुरुदेखि अहिलेसम्म भएको ढिलाइले हामीलाई असहज पनि भएको छ । दुईदिन भनिएपनि अधिवेशन आज पाँच दिन भयो गा¥हो त यसै भएको छ । तर, आफ्नो पार्टीका लागि धैर्य गर्नेपर्छ ।’

यस्तै, मतदानको प्रतिनिधि र समर्थकहरुले आफ्नो उम्मेदवारका लागि भोट मागिरहेका छन् । प्यानल बनाएर प्रचारप्रसार गर्न नपाइने भएपछि प्रत्येक उम्मेदवारले आफ्नो लागि मात्र खुलेर मत मागेको देखिन्छ ।

साथै, प्रचारप्रसारका लागि नाम र पदको पोष्टर, भिजिटिङ्ग कार्ड र क्रमश संख्या सहितको चिट दिएर गरिरहेका छन् । तर, तीमध्ये पनि फरक तरिकाले कालिकोटकी बेलकोशा शाही र दुर्गबहादुर शाहीले फरक शैलीमा प्रचारप्रसार गरेको देखिन्छ ।

बेलकोशाको हातमा कागजमा लेखेको पोष्टर लट्ठीमा बाधेर प्रचार गरिरहेकी छन् भने दुर्गबहादुरले भने करेन्ट चाउचाउको काटुनमा नाम, ठेगाना, क्रमश संख्या लेखेको पेपर प्रिन्ट गरेर टासेर लठ्ठीमा राखेर प्रचार सामाग्रीको माध्यमबाट प्रचार गरिरहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर