एमाले कोशी अधिवेशन : सदस्यमा उम्मेद्वारको लर्को, निर्वाचन समितिलाई व्यवस्थापन गर्न चर्को – Nepal Press

एमाले कोशी अधिवेशन : सदस्यमा उम्मेद्वारको लर्को, निर्वाचन समितिलाई व्यवस्थापन गर्न चर्को

विराटनगर । सदस्य पदका उम्मेदवार धेरै हुँदा एमाले कोशी प्रदेशको अधिवेशनमा निर्वाचन गराउन सकस भएको छ । निर्वाचन अधिकृतको कार्यालयलाई उम्मेद्वार धेर भएका कारण आवश्यक तयारी गर्न समस्या भएको हो ।

प्रमुख निर्वाचन अधिकृत चुढामणी आचार्यले आवश्यक तयारी गरिरहेको बताए । उनका अनुसार कोशी प्रदेश अधिवेशनमा व्यालेट पेपरबाटै मतदान गरिने बताए ।

यसका लागि व्योट पेपर डिजाइन र छपाइको काम शुरु गरिएको तर उम्मेद्वार धेर भएका कारण समस्या भएको बताए । एमाले कोशीको अधिवेशनमा जिल्ला भूगोलमा सदस्यका लागि अत्याधिक उम्मेदवारी परेको छ ।

झापामा ३२ जना खुल्ला सदस्य पदका लागि ७६ जनाको उम्मेद्वारी परेको छ । यस्तै, ३ जना दलित सदस्यका लागि ७, ४ जना युवाका लागि ९ जनाको मनोनयन दर्ता भएको छ । यस्तै, मोरङ्गमा १८ जना खुल्ला पुरुष सदस्य पदका लागि ४६, ८ जना खुल्ला महिला सदस्य पदका लागि १८ जनाको मनोनयन दर्ता भएको छ ।

यस्तै सुनसरीमा १२ जना खुल्ला पुरुष सदस्यका लागि २७ जना,६ जना खुल्ला महिला सदस्यका लागि ८ जनाको मनोनयन दर्ता भएको छ । कोशी प्रदेशका पाँचथर, इलाम सोलुखुम्वु र धनकुटामा सदस्यहरु निर्वीरोध निर्वाचित भएका छन् । अन्य जिल्लामा भने सदस्यका लागि मनोनयन बढि परेको छ ।

धनकुटामा पुरुष खुल्ला सदस्यमा ११ जनाको मनोनयन दर्ता भएको छ । धनकुटामा ५ जना खुल्ला सदस्य निर्वाचित हुने छन् ।

शुक्रबारदेखि जारी अधिवेशनले प्रदेश कमिटीको नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्षका लागि मोरङको लेटाङका घनश्याम खतिवडा र विराटनगरका विनोद ढकाल चुनावी प्रतिस्पर्धामा छन् ।

ढकाल र खतिवडा दुवै केपी शर्मा ओली निकट हुन् । ढकाल अहिले केन्द्रीय सदस्य छन् भने खतिवडा प्रदेशको प्रचार विभाग प्रमुख हुन् ।

उनीहरू दुवै जनाले अहिले आफ्नो प्रचारप्रसारलाई तीव्र बनाएका छन् । अधिवेशन स्थलमा उपस्थित भएका विभिन्न जिल्लाका प्रतिनिधिहरुसँग उम्मेदवारहरुले भोट मागिरहेका छन् ।

उम्मेदवारहरले प्यानल बनाएर भोट मागे पनि निर्वाचनको टुंगो लागिसकेको छैन् । निर्वाचन समितिले मतदानको समय तोकेको छैन् । यद्यपि समितिले मतदानको तयारी लागिरहेको जनाएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर