ओलीको निर्देशनविपरीत बागमतीमा एमालेको ‘ओपन सेक्रेट’ प्यानल – Nepal Press

ओलीको निर्देशनविपरीत बागमतीमा एमालेको ‘ओपन सेक्रेट’ प्यानल

काठमाडौं । असोज ८ गते एमाले बागमती प्रदेशको प्रथम अधिवेशन उद्घाटन समारोहमा बोल्दै केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए `पार्टीमा आन्तरिक लोकतन्त्र बलियो बनाउन स्वस्थ प्रतिस्पर्धा आवश्यक छ, सहमति लोकतान्त्रिक प्रक्रियाको सुन्दर पक्ष हो, त्यसको मतलब चुनावी प्रतिस्पर्धा गलत भन्ने हैन, तर प्रतिस्पर्धाको नाममा प्यानलसहितको उम्मेदवारी हुन्छ भने त्यो खारेज पनि हुनसक्छ, प्यानल स्वीकार्य हुँदैन ।´

तर, अध्यक्ष ओलीको निर्देशनविपरीत बागमती प्रदेशको आज हुने निर्वाचनमा अध्यक्षका दुवै प्रत्यासी पदाधिकारीमा प्यानल नै बनाएर मैदानमा उत्रिएका छन् । खुल्लमखुल्ला प्यानलको घोषणा नगरिए पनि दुवै पक्षका उम्मेदवारले आन्तरिकरूपमा प्रतिनिधिमाझ प्यानलसहित भोट मागिरहेका छन् ।

केन्द्रीय नेतृत्वले सहमतिको प्रयासलाई चार दिनसम्म जारी राखेपनि सफलता हात नपरेपछि अध्यक्षका उम्मेदवार कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेल भोटिङबाटै टुंग्याउन तयार भए ।

औपचारिकरूपमा प्यानल नभनिए पनि दाहाल पक्षबाट उपाध्यक्षमा नुवाकोटका पूर्वसांसद नारायणप्रसाद खतिवडा, सचिवमा ललितपुरका पूर्वसांसद नवराज सिलवाल उम्मेदवार बनेका छन् ।

दाहाल पक्षबाट उपसचिवमा खुलातर्फ सिन्धुलीका खड्गबहादुर खत्री र महिलामा काभ्रेकी भक्तकुमारी लामा उम्मेदवार छन् ।

ढुंगेल पक्षबाट उपाध्यक्षमा बागमती प्रदेशका पुर्वमन्त्री दावादोर्जे लामा, सचिवमा सिन्धुपाल्चोकका हस्त पण्डित चुनावी मौदानमा छन् । उपसचिवतर्फ ललितपुरका प्रेमबहादुर महर्जन, काभ्रेकी गीता गौतम ढकाललाई खडा गरिएको छ ।

यद्यपि उपसचिवमा भने खुल्ला ढंगले भिड्न दिने तयारी रहेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर