श्राद्ध गर्न आएकी थिइन् शुभद्रा, छोराकाे काेठामा आएकै रात हत्या भयो (भिडिओ) – Nepal Press

श्राद्ध गर्न आएकी थिइन् शुभद्रा, छोराकाे काेठामा आएकै रात हत्या भयो (भिडिओ)

काठमाडौं । काठमाडौ‌ं महानगरपालिका ३२ तीनकुनेस्थित गैह्रीगाउँमा गए राति हत्या गरिएका चारमध्ये ७६ वर्षीया की शुभद्रा भुजेल हिजो मात्र गैह्रीगाउँ आएकी पाइएको छ ।

तीनकुनेस्थित दिव्य सःमिल भित्र काठले बनेको एक तले जस्ताको टहरोमा धारिलो हतियार प्रहार भएको अवस्थामा ४ जनाको शव भेटिएको थियो ।

हत्या भएकामा दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने वर्ष अन्दाजी ५६ का कुमार भुजेल, उनकी श्रीमती वर्ष अन्दाजी ५२ की अम्बिका भुजेल, कुमारकी आमा वर्ष ७६ की शुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नविन राई रहेका छन् ।

नविन भने त्यहाँ नबस्ने गरेको पाइएको छ । नविन र हत्यामा सलंग्न  रहेकाे आशंका  रहेका दीपेन्द्र साथी हुन् । उक्त मिलमा कुमार र उनकी श्रीमती अम्बिका मात्र बस्थे । कुमारकी आमा शुभद्रा भुजेल भने हिजो मात्र तीनकुने आएकी हुन् ।

उनी श्राद्ध गर्न २६ गते दोलखाबाट काठमाडौं आएका थिइन् । बिहीबार श्राद्ध सकेर उनलाई कान्छो छोराले बालुवाटारबाट जेठो छोरा कुमारको ल्याइदिएका थिए । जेठो छोरामा एक रात पनि विताउन नपाई उनीसहित परिवारका तीनै जनाको विध्वंश तरिकाले हत्या गरेको छ । उनीहरु सबैको शरीरमा धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।  शुभद्रा आज दाेलखा फर्किने तयारीमा  रहेकी बुहारी चण्डिका भुजेलले बताइन् ।

‘सासुआमा २६ गते आउनुभएको थियो । २८ गते बुबाको श्राद्ध थियो । अस्ति बेलुका बालुवाटारमा बस्नुभएको थियो । हिजो बिहान मेरो कोठामा आउनुभएको थियो । दिउँसो मेरो कोठामा बसेर साढे ४ बजे तिर यहाँबाट जेठानी दिदीपनि जानुभएको थियो मेरो कोठामा । बेलुका आमा र जेठानी दिदी सँगै फर्किनुभएको थियो । ’ उनले भनिन् ।

उनले पनि बिहान मात्र खबर पाएको बताइन् । प्रहरीले अहिलेसम्म केही जानकारी नदिएको उनले बताइन् । उनका अनुसार परिवारमा एकजनाले मानिसले दुख दिइरहेको थियो । उनलाई सोही व्यक्तिले हत्या गरेको हुन सक्ने शंका लागेको छ।

घटनामा शंकास्पद सोही घरमा बस्ने २८ वर्षीय दीपेन्द राईलाई प्रहरीले पक्राउ गरेको छ । राईका बुबा यसअघि यही मिलमा काम गर्थे । राईले राति नै आतिँदै ट्याक्सी चढेर तिनकुने प्रहरी वृत्तमा खबर गर्न पुगेका थिए ।

उनी डराएर आएको र हातमा रगत समेत भएको कारणले उनले हत्या गरेको हुन सक्ने आशंकासहित उनकालाई पक्राउ गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले बताए दिए । राई भुजेलहरुसँगै खाना खाने गर्थे । उनकाे बुबाआमा भने धनकुटामा बस्थे ।

उनका अनुसार घटनामा अरु पनि सलंग्न भएको हुन सक्ने र उनले मात्र हत्या गर्न नसक्ने भएकाले थप अनुसन्धान अघि बढाइएको छ । घटना मादक पदार्थ सेवन गरेपछि भएको देखिएको उनले बताए ।

हत्या भएकामा दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने वर्ष अन्दाजी ५६ का कुमार भुजेल, उनकी श्रीमती वर्ष अन्दाजी ५२ की अम्बिका भुजेल, कुमारकी आमा वर्ष ७६ की शुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नविन राई रहेका छन् ।

उनीहरुको टाउको तथा शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट रहेको छ। अहिले प्रहरीद्वारा तालिमप्राप्त कुकुरसमेत लगी अनुसन्धान कार्य जारी रहेको छ ।

उक्त दिव्य सःमिल दोलखा, कालीञ्चोक गाउँपालिका ८ घर भई गौशाला बस्ने, बालकृष्ण शिवाकोटीले सञ्चालन गरेको बुझिन आएको छ । अहिले मुचुल्कालगायतको कार्य सम्पन्न गरी शव परीक्षणको लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको मैनालीले बताए ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले काठमाडौँ उपत्यका प्रहरी कार्यालय, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले घटनाको अनुसन्धान गरिरहेको र सबै नाकामा प्रहरी टोली परिचालन गरिएको जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर