सारुकको आत्महत्यामा अनुसन्धान बन्द, प्रहरी भन्छ- सुसाइड नोटसहित प्रतिवेदन पेश गर्छौँ (भिडिओ) – Nepal Press

सारुकको आत्महत्यामा अनुसन्धान बन्द, प्रहरी भन्छ- सुसाइड नोटसहित प्रतिवेदन पेश गर्छौँ (भिडिओ)

काठमाडौं । मोबाइल परीक्षण रिपोर्टमा सुसाइड नोट भेटिएसँगै कलाकार सारुक ताम्राकारको आत्महत्या प्रकरण अब ‘क्लोज्ड’ भएको छ ।

यसअघि एक नायिकालाई जोडेर आत्महत्या दुरुत्साहनमा आकर्षित हुने ब्यहोराका समाचारहरू बाहिर आएका थिए। तर सारुकको मोबाइलमा भेटिएको सुसाइड नोटमा उनले कसैलाई पनि आरोप लगाएका छैनन् ।

काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले अब यो घटनालाई आत्महत्या मानेर सुसाइड नोट समावेश गरी अनुसन्धान प्रतिवेदन पेश गरिने बताए।

‘अब सुसाइड नोट राखेर पेश गर्ने छौँ’, एसएसपी कार्कीले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *