सप्तकोशी किनारमा ३ युवतीलाई कुट्ने थप दुईजना पक्राउ – Nepal Press

सप्तकोशी किनारमा ३ युवतीलाई कुट्ने थप दुईजना पक्राउ

विराटनगर । सप्तकोशी किनारमा गयाङ्ग फाइटका क्रममा ३ जना युवतीलाई कुटपिट गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन् ।

प्रेमीकालाई कुरा सुनाएको विषयमा विवाद हूँदा सप्तकोशी नदी किनार स्थित चियान डाँडामा ५ जना युवतीहरुले ३ जना युवतीहरुमाथि निर्घात कुटपिट गरेका थिए ।

सो घटनामा संलग्न रहेको अरोपमा थप दुई जना युवती पक्राउ परेका छन् । पक्राउ पर्नेमा बराहक्षेत्र ८ सैनिकटोलकी दुर्गा राई र सोही ठाँउकी बिनिता उराँउ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनीहरुलाई इटहरीबाट पक्राउ गरिएको हो ।

बराहक्षेत्र १० प्रकाशपुकी १९ की प्रीती लिम्बुलाई घटना भएकै दिन पक्राउ गरि अभद्र व्यबहार अन्तरगत मुद्या चलाएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न दुई जना भने अझै फरार छन् । २९ गते बेलुका ५ बजे बराहक्षेत्र ९राजाबास स्थित चिहान डाँडाको कोशी किनारमा युवतीहरुका बिचमा झगडा भएको थियो । झगडाका क्रममा पक्राउ परेका सहितको समुहले मनिषा राई सहित २ जना माथि कुटपिट गरेका थिए । कुटपिट गरेको भिडियो समेत सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । सो कुटपिटको भिडियो सामाजिक सञ्जालमा भइरल छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *