जिल्ला कारागार मोरङमा कर्तव्य ज्यान मुद्दाका कैदीबन्दीको मृत्यु – Nepal Press

जिल्ला कारागार मोरङमा कर्तव्य ज्यान मुद्दाका कैदीबन्दीको मृत्यु

विराटनगर । जिल्ला कारागार मोरङमा एक जना कैदीबन्दीको मृत्यु भएको छ । पूर्पक्षका लागि थुनामा रहेका मोरङको पथरीशनिश्चरे नगरपालिका–३ घर भएका ६८ वर्षीय दलबहादुर दमाईको मृत्यु भएको हो ।

दमाई कर्तव्य ज्यान मुद्दामा पूर्पक्षका लागि कारागारमा थिए ।

जेलर कृष्ण खड्काका बिरामी परेका उनलाई आज कोशी अस्पताल लगिएको थियो । अस्पतालले बिहान करिब १० बजे मृत घोषित गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *