एमालेमा निलम्बित ७० वर्षे उमेरहद जसपामा प्रस्ताव, १३ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय समिति (पूर्णपाठ) – Nepal Press
जसपा विधान अधिवेशन

एमालेमा निलम्बित ७० वर्षे उमेरहद जसपामा प्रस्ताव, १३ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय समिति (पूर्णपाठ)

काठमाडौं । नेकपा एमालेले व्यवहारिक नभएको भन्दै निलम्बन गरेको ७० वर्षे उमेरहद जसपाले अघि सारेको छ । आजबाट सुरु भएको विधान अधिवेशनमा अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तावित विधानको मस्यौदामा ७० वर्षे उमेरहदको प्रस्ताव अघि सारेका हो ।

प्रस्तावित विधानको धारा ८६ मा भनिएको छ, ‘७० वर्ष उमेर भएको व्यक्ति केन्द्रीय समिति, प्रदेश समिति, राष्ट्रिय समिति र जिल्ला समितिको पदाधिकारी पदमा निर्वाचित हुन वा मनोनित हुन पाउने छैन ।’

पार्टीको निर्वाचित जिल्ला समिति, प्रदेश/राष्ट्रिय समिति र केन्द्रीय समितिको पदाधिकारीको हैसियतमा कार्यरत एउटै व्यक्ति, एउटै तह र एउटै पदमा लगातार दुई कार्यकाल वा १० वर्षभन्दा बढी कार्य पूरा गरी सकेको भए सोही पदका लागि पुनः उम्मेदवार हुन नउपाउने उल्लेख छ ।

यस्तै, अध्यक्ष यादवले पार्टीलाई १३ सदस्यीय पदाधिकारी बनाउन प्रस्ताव गरेका छन्। राष्ट्रिय महाधिवेशनले अध्यक्ष १, सहअध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव ३, सचिव ३ र कोषाध्यक्ष १ समेत १५१ सदस्यीय केन्द्रीय समिति हुने उल्लेख छ ।

पदाधिकारी तथा सदस्यहरूको निर्वाचन गर्दा ३ जना निर्वाचित हुने पदहरूमा १ जना महिलासहित सामाजिक समूहहरूको समावेशी हुनुपर्ने प्रस्ताव छ ।

केन्द्रीय समितिको निर्वाचनमा कम्तीमा एक तिहाई महिलासहित नेपालको विविधता प्रतिविम्बित हुने गरी खस-आर्य, आदिवासी जनजाति, मधेसी, थारू, दलित, मुस्लिम र अल्पसङ्ख्यक समुदायका जातीय/सामाजिक समूहबाट ७० प्रतिशत र खुला प्रतिस्पर्धाबाट ३० प्रतिशत केन्द्रीय सदस्यहरू (पदाधिकारीबाहेक) निर्वाचित हुने उल्लेख छ। यसरी निर्वाचित गर्दा कम्तीमा ४० प्रतिशत युवाहरू हुनुपर्ने प्रस्ताव छ ।

पार्टी समितिका निवर्तमान अध्यक्ष वरिष्ठ नेता हुने उल्लेख गर्दै महाधिवेशनले अन्यथा निर्धारण गरेकोमा बाहेक निजको मर्यादाक्रम अध्यक्ष पछि रहने प्रस्ताव छ ।

अध्यक्षसहित बढीमा ९ सदस्यीय केन्द्रीय सचिवालय र महासचिवसहित ५ सदस्यीय केन्द्रीय कार्यालय समिति गठन गरिने भनिएको छ ।

यस्ताे छ मस्याैदाकाे पूर्णपाठ:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर