छात्रामाथि यौन दुर्व्यवहारको आरोपी जोगाउन केही व्यक्ति लागेको दाबी – Nepal Press

छात्रामाथि यौन दुर्व्यवहारको आरोपी जोगाउन केही व्यक्ति लागेको दाबी

दाङ । पद्मोदय पब्लिक उच्च मावि भरतपुरका प्रशासन प्रमुखलाई आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।

प्रशासन प्रमुख मिनेश श्रेष्ठलाई सोही विद्यालयको दश कक्षामा पढ्ने किशोरीले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी हुन् । ‘को को सँग बोल्छेस,कस्तो कुरा गर्छेस भन्दै कुममा हात राखेर यताउती गरेको र कोही साथीलाई भनेमा मार्दिन्छु भन्नुभयो ।’

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्,‘यो मान्छे होइन,जनाबर हो । जनावर राम्रो हुन्छ योभन्दा ।’ विद्यार्थीले प्रशासन प्रमुखले यौन दुर्व्यवहार गरेको आरोप लगाएपछी विद्यालयम हंगामा भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास चौधरीले यसविषयमा आफू गम्भीर भएको बताउँदै दुवैपक्षका कुरा सुनेर के गर्ने भन्ने निष्कर्षमा पुग्ने बताए । ‘यो निकै गम्भीर विषय हो ।’ उनले भने,‘हामीले मिनेस सरसँग सोध्यौँ । उहाँले आफूले उनलाई सम्झाइबुझाई गरेको तर,दुर्व्यहार गरेको छैन भन्नुभएको छ ।’ अध्यक्ष चौधरीका अनुसार विद्यार्थीले भनेको घटना प्रशासन शाखामा भएको हो ।

आरोपित श्रेष्ठले आफू निर्दोष भएको र दुर्व्यवहार गरे नगरेको सिसि क्यामेराको दृश्यले देखाउने बताएका छन् । विद्यालयका अध्यक्ष चौधरीले आज विद्यार्थी,उनका अभिभावक र आरोपितलाई सँगै राखेर सिसि क्यामेरा फुटेज हेरेर थप निर्णय लिने बताएका छन् ।

पीडित परिवारलाई प्रहरीमा उजुरी गर्न रोकिएको छ । पीडितकी आमालाई अहिले विद्यालयमै राखिएको छ । पीडीतकी आमाले आफूलाई विद्यालयमै छलफल गर्ने भनेर विद्यालयमै राखिएको बताइन् ।

आरोपी जोगाउन उच्च ओहोदानिकटका केही व्यक्ति लागेको पीडितका आफन्तको दाबी छ ।

यो घटनाका बारेमा प्रहरी जानकार छ । तर,पनि कुनै एक्सन लिन सकेको छैन । दाङ प्रहरी प्रमुख विरबहादुर वलीले घटनाका बारेमा जानकारी भएपनि उजुरी नपरेकाले केही गर्न नसकेको बताउँछन् ।


प्रतिक्रिया

One thought on “छात्रामाथि यौन दुर्व्यवहारको आरोपी जोगाउन केही व्यक्ति लागेको दाबी

  1. यस मास्टर लाई तु कार्बाहि हुनु पर्छ्……✍️

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर