प्रेम चलाउनेको गुनासो- राजनीतिको व्यानरमा हत्या गरे पनि कसैलाई केही नहुने भो – Nepal Press

प्रेम चलाउनेको गुनासो- राजनीतिको व्यानरमा हत्या गरे पनि कसैलाई केही नहुने भो

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले अपराधी र गुन्डाराज मौलाएको देशमा बाँच्नु र मर्नुको केही अर्थ नभएको बताएका छन् ।

आफूमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेपछि आन्दोलनमा रहेका उनले जिल्ला अदालतबाहिर पत्रकारहरूसँग गुनासो गरे ।

सरकारको निर्णयले नैतिकता, सदाचार, न्याय, सत्य र उज्यालोको हत्या गरेको उल्लेख गर्दै उनले यो देश अपराधीलाई कारबाही नहुने देश भएको बताए ।

सरकारको यो निर्णयले राजनीतिको ब्यानरमा आएर कसैले कसैको हत्या गरेपछि केही नहुने सन्देश जाने बताए ।

उनले भने, ‘राजनीतिको ब्यानरमा आएर कसैले कसैको हत्या गर्‍यो भने केही पनि नहुने भयो । मुद्दा चल्छ तर अदालतबाट न्याय पाउँदैन अनि सरकारले मुद्दा फिर्ता लिन्छ ।’

मुद्दा फिर्ताको निर्णय गरेर सरकारले अदालतमाथि ठाडो हस्तक्षेप गरेको उनको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर