गृहमन्त्री श्रेष्ठ भन्छन्- घरजग्गा र विहे नभएको म राजनीतिक सन्यासी हुँ, प्रदुषित राजनीति सफा गर्छु (भिडिओ) – Nepal Press

गृहमन्त्री श्रेष्ठ भन्छन्- घरजग्गा र विहे नभएको म राजनीतिक सन्यासी हुँ, प्रदुषित राजनीति सफा गर्छु (भिडिओ)

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिले राजनीतिलाई सफा गरेर देश बनाउनुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित विशेष सामूहिक धम्मपूजा कार्यक्रमलाई सम्बोधन गर्दै अहिले भइरहेको प्रदुषित राजनीति सफा गर्न आवश्यक भएको बताए ।

उनले भने, ‘राजनीतिक प्रणाली र व्यवस्थामा परिवर्तन हुन ठुलो महत्वको बिषय त हो । तर, त्यो नै पर्याप्त छैन । राजनीतिक र व्यवस्था परिवर्तनलाई सदुपयोग गर्ने र सही दिशातर्फ लैजाने हो भने यो राजनीतिक व्यवस्थाको मर्म बुझ्ने व्यक्तित्वहरुले नेतृत्व गर्नुपर्छ । र आजको प्रदुषित राजनीतिलाई सफा गर्नुपर्छ ।’

उनले आफ्नो नाममा घर जग्गा केही नभएकाले आफूलाई राजनीतिक सन्यासीको रुपमा तुलना गरे ।

उनले भने, ‘सन्यासीहरु पनि राजनीतिमा आउनुपर्यो । राजनीतिक गर्नेहरु सन्यासी हुनुपर्यो । राजनीति चाहिँ फोहोरिहरुलाई छाड्दिने अनि देश चाहिँ सफा होस् भन्ने छाड्दिनु हुँदैन । मेरो विचार म पनि सन्यासी हुँ । मैले आफूलाई राजनीतिक सन्यासी नै भन्छु। मेरो कुनै आफ्नो जमिन भन्ने छैन । आफ्नो घर र व्यक्तिगत सम्पत्ति छैन । तपाईंहरु सबैलाई थाहा छ म विवाहित पनि छैन ।’

 


प्रतिक्रिया

One thought on “गृहमन्त्री श्रेष्ठ भन्छन्- घरजग्गा र विहे नभएको म राजनीतिक सन्यासी हुँ, प्रदुषित राजनीति सफा गर्छु (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर