हेटौँडामा रुखबाट लडेर एक महिलाको मृत्यु – Nepal Press

हेटौँडामा रुखबाट लडेर एक महिलाको मृत्यु

मकवानपुर । जिल्लाको हेटौँडा उपमहानगर-३ जम्बु चौतारामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।

आइतबार स्थानीय ३८ वर्षीया राजलक्ष्मी गोलेको रुखबाट लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घर नजिकै सामुदायिक वनमा घाँस काट्न जाँदा रुखबाट लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *