काठमाडौं जिल्ला प्रशासनको अनुगमनमा पुगे गृहमन्त्री रवि लामिछाने (भिडिओ) – Nepal Press

काठमाडौं जिल्ला प्रशासनको अनुगमनमा पुगे गृहमन्त्री रवि लामिछाने (भिडिओ)

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर सेवा प्रवाहको जानकारी लिएका छन् ।

मन्त्री लामिछानेले विभिन्न सेवामा सुरू गरिएको टाइम कार्डको कार्यान्वयनको अवस्था र अन्य सेवा प्रवाहका बारेमा जानकारी लिए । मन्त्रीबाट सेवा प्रवालाई थप प्रभावकारी बनाउन निर्देशन प्राप्त भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए ।

सहज रूपमा सेवा दिनका लागि मन्त्रालयबाट आवश्यक सहयोग हुने समेत गृहमन्त्रीले प्रतिबद्धता जनाएको सीडीओ उपाध्यायले बताए । उनका अनुसार अहिले कार्यालयमा १० वटा सेवामा टाइम कार्ड लागू गरिएको जानकारी दिए ।

प्रशासन कार्यालयले नागरिकता प्रमाणपत्र र नाबालक परिचयपत्र १ घण्टाभित्र, संस्था नवीकरण ३० मिनेटभित्र, राहदानी वितरण १५ मिनेटभित्र, राष्ट्रिय परिचयपत्र कार्ड वितरण ३० मिनेटभित्र, प्रशासनबाट हुने सिफारिसपत्र १ घण्टाभित्र, मुद्दाको पेशी र तारेख ३० मिनेटभित्र उपलब्ध हुने व्यवस्था गरिएको प्रजिअ उपाध्यायले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर