ओली भेट्न बालकोट पुगे गृहमन्त्री रवि लामिछाने (तस्बिरहरु) – Nepal Press

ओली भेट्न बालकोट पुगे गृहमन्त्री रवि लामिछाने (तस्बिरहरु)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग दुईजना उपप्रधानमन्त्रीहरुले भेटवार्ता गरेका छन् । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल तथा गृहमन्त्री रवि लामिछानेले बालकोटस्थित ओली निवासमा पुगेर भेट गरेका हुन् ।

भेटमा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य दीपक बोहरा पनि सहभागी थिए ।

सोमबार सरकार गठनपछि उनीहरुबीच आज साँझ छलफल भएको हो । भेटमा मन्त्रिपरिषद विस्तार, भागवण्डा, सरकारकाे कामकारबाही एवम् समयसामयिक विषयमा छलफल भएकाे बताइएकाे छ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर