प्रदीप पौडेलको दाबी- केपी ओलीको पालामा क्याबिनेट निर्णय अख्तियारले छानबिन गर्न नपाउने बनाइयो (भिडिओ) – Nepal Press

प्रदीप पौडेलको दाबी- केपी ओलीको पालामा क्याबिनेट निर्णय अख्तियारले छानबिन गर्न नपाउने बनाइयो (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले एक छाक मासु भातमा मत बिकेको बताएका छन् ।

शुक्रबार काठमाडौं आयोजित एक कार्यक्रममा बोल्दै शहरी क्षेत्रका जनतासँग सचेना भएपनि शहर बाहिर गएपछि एक छाक मासुमा मत बिक्ने गरेको बताए ।

उनले भने, ‘चुनाव असाध्यै धेरै खर्चिलो भयो। पैसा हुनेले मात्रै जित्ने भयो भन्नुको अर्थ एजेण्डाले मात्रै चुनाव नजितिने रहेछ । उम्मेदवारले कति खर्च गर्नसक्ने त्यसको आधारमा मत पाउने स्थिती भयो। खर्च बढेको हो ।’

खर्च गरेर चुनाव जितेकाले खर्चभन्दा दोब्बर तेब्बर उठाउनतिर लागेपछि भ्रष्टाचार बढको बताए ।

‘नीति निर्माण गर्ने मान्छेले कमाउनतिर लाग्यो भने नीतिगत भ्रष्टाचारलाई संस्थागत गर्नतिर लाग्छ । केपी ओलीजीको नेतृत्वमा सरकार बन्यो’ उनले भने, ‘त्यो सरकारले मन्त्रीपरिषद्ले गरेको निर्णयमाथि अख्तियारले छानविन गर्ने पाउने छैन । अनि मन्त्रीहरुले आफ्नो स्तरबाट निर्णय गराउँदा अख्तियारले छानविन गर्ने भएकाले क्याविनेटमा लगेर निर्णय गराउनुभयो ।’

नीतिगत भ्रष्टाचार रोक्न सक्नुपर्ने बताए । उनले विकास भएर मात्रै नहुने उल्लेख गर्दै दिगो हुनुपर्ने भनाइ राखे । उनले राजनीतिले पात्र, प्रवृत्ति र एजेण्डाको परिवर्तन खोजेको बताए ।

नामी कलेजका विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रममा पौडेलले गरेको दावी भने गलत देखिन्छ । मन्त्रिपरिषदका निर्णय अख्तियारले छानविन गर्न नपाउने निर्णय अख्तियार दुरुपयोग र भ्रष्टाचार निवारण ऐनमा व्यवस्था छ ।

यो ऐन तत्कालीन प्रधानमन्त्री शेरवहादुर देउवाको पालामा तत्कालीन गृहमन्त्री खुमवहादुर खड्काले संसदमा पेश गरेको बिधेयकबाट पारित भएको थियो ।

सोही व्यवस्थाका कारण बालुवाटरको जग्गा सम्बन्धी मुद्दामा अख्तियारले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईबाहेक अरुमाथि मुद्दा चलाएको थियो ।

प्रधानमन्त्रीमाथि पनि मुद्दा चलाउन माग गर्दै बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमाथि सुनुवाई सकिएर फैसला गर्ने बेलामा प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर जबरामाथि सत्ता गठबन्धनले महाअभियोग लगाएको थियो ।

 


प्रतिक्रिया

One thought on “प्रदीप पौडेलको दाबी- केपी ओलीको पालामा क्याबिनेट निर्णय अख्तियारले छानबिन गर्न नपाउने बनाइयो (भिडिओ)

  1. तिमीले नै पैसाले चुनाव जितेका हौ । फुर्ति लगाउने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर