‘कांग्रेस-एमाले निर्णायक अनि माओवादी चाहिँ पुच्छरमात्रै होइन’ – Nepal Press
नेपाल टक

‘कांग्रेस-एमाले निर्णायक अनि माओवादी चाहिँ पुच्छरमात्रै होइन’

माओवादी केन्द्रीय सदस्य बस्नेत भन्छन् : बलबहादुर केसी पुराना हुँदा सोलुखुम्बुमा गठबन्धन हार्‍यो

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजा आइसकेपछि दलहरूको ध्यान आगामी सरकार गठनमा मोडिएको छ । सरकारको नेतृत्वका लागि नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले तयारी गरिरहेका छन् । तेस्रो तर निर्णायक शक्ति बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले आगामी सरकारको नेतृत्व गर्ने सम्भावना रहेको सार्वजनिक रूपमै बताउँदै आएका छन् ।

२०७४ सालको निर्वाचनमा एमालेसँगको गठबन्धनबाट प्रत्यक्षमै ३६ सीट जितेको माओवादी अहिले १८ सीटमा सीमित बनेको छ । प्रतिनिधिसभाका १६५ सीटमध्ये माओवादीले ४६ सीटमा मात्रै उम्मेदवारी दिएको थियो । समानुपातिकसहित ३२ सीट रहेको माओवादी सरकारको नेतृत्वको च्याखे थाप्ने दाउमा छ ।

दश वर्षे जनयुद्धपछि शान्ति प्रक्रियामा आएको माओवादी २०६४ को संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ ५० प्रतिशत सीट जितेर संसदीय राजनीतिमा उदाएको थियो । तर, २०६४ देखि २०७९ सालसम्म आइपुग्दा निरन्तर ओरालो यात्रामा छ माओवादी । निर्वाचनको समीक्षा, आगामी सरकार गठनको विषय, गठबन्धनको भविष्य, माओवादीको अबको यात्रालगायतको विषयमा माओवादी केन्द्रका केन्द्रीय सदस्य युवा नेता शिवबहादुर बस्नेत ‘राजेन्द्र’ ले हामीसँग आफ्नो धारणा साझा गरेका छन् । गरेका छौं । नेता बस्नेत गठबन्धनका साझा उम्मेदवारको रूपमा सोलुखुम्बु प्रदेशसभा २ बाट उम्मेदवार बनेको थिए । तर, उनी सफल हुन सकेनन् । उनै शिवबहादुर बस्नेत ‘राजेन्द्र’सँग गरिएको कुराकानी:

– पहिलो पटक गठबन्धनमार्फत निर्वाचनमा जानुभएको थियो । तर, सफल हुन सक्नुभएन । के समीक्षा गर्नुभयो ?

हामीले सामान्य समीक्षा गरेका छौं । जनताले पनि निष्कर्ष निकालिसकेका छन् । यसलाई अब धेरै तन्काइरहनुपर्छ भन्ने आवश्यकता महसुस गरेका छैनौं । हामीले सोचेजस्तो ढंगबाट चुनाव अगाडि बढेन । जनताले केही नयाँ खोजिरहेको अवस्थामा कांग्रेसबाट उम्मेदवार बनाइएका (बलबहादुर केसी) पुरानो भएको भन्दै व्यापक प्रतिक्रिया पनि आए । एउटै गठबन्धन बनाएपछि कांग्रेसले संघ र हामीले प्रदेशमा उम्मेदवारी दिएका थियौं । यही बीचमा हामीले जनतालाई चुनावी आवश्यकता बुझाउन सकेनौं । हाम्रो पार्टीको साइज पनि विस्तारै घट्दै गएको सत्य हो ।

हामीले जसरी गठबन्धन बनाएर गएका थियौं, त्यसको उद्देश्य जनतामाझ हामीले उजागर गर्न सकेनौं । त्यसकारण गठबन्धनलाई जनताले असहजजस्तो ठानेको देखिएको छ ।

– गणित हेर्दा कांग्रेस-माओवादी मिल्दा सोलुखुम्बुमा एमाले त तेस्रो शक्ति होइन ?

पार्टीको रूपमा मात्रै चुनाव भएन, व्यक्तिका कुरा पनि आए । जसले जिते पनि जनताका प्रिय मान्छेले जिते । त्यसमा धेरै हामीले टाउको दुखाइरहनु परेन ।

– गठबन्धन दलका उम्मेदवारहरूले हारेपछि एकअर्काविरूद्ध आरोप-प्रत्यारोपमा उत्रिएको देखियो । तपाईंहरूले त्यो भोग्नु प¥यो कि परेन ?

हाम्रोमा व्यवस्थापन ठीक ढंगले भएन । पार्टी र नेताहरूको बीचमा कार्ययोजना भएन । उम्मेदवारले जति परिचालन गर्न सक्यो, त्यतिमात्रै भयो । कांग्रेस र हामी फरक–फरक दर्शन बोकेका पार्टी हौं । यी दलहरू एक ठाउँमा आउँदा केही असहज त देखिन्छ नै । अहिले हामीले जुन उद्देश्यका साथ गठबन्धन बनायौं त्यो विषयमा नै एकरूपता छैन । जनताले चुनावलाई विकास र समृद्धिको रूपमा बुझ्ने, राजनीतिक पार्टीहरूले चाहिँ राज्य व्यवस्थासँग सम्बन्धित रहेर बुझ्ने भयो । राजनीतिक दलहरूबीच पनि आन्तरिक एकता देखिएन । राजनीतिक रूपमा चाहिँ खान्दानी प्रक्रियाबाट आएको कुरालाई पनि जनताले मन पराएनन् ।

– पाँच दल मिलेर चुनावमा गए पनि सत्ता गठबन्धनले सामान्य बहुमत ल्याउन सकेन । चुनावको परिणामपछि तपाईलाई के लाग्छ ?

राजनीतिक पार्टीहरूका विगतका सोच र अहिले आएका युवा पुस्तालाई हामीले गहिरोसँग अध्ययन गर्ने र राष्ट्रिय रूपमा तिनीहरूलाई समेत सम्बोधन गर्ने कार्यक्रम कुनै पनि दलको देखिएन । परम्परागत शासन सञ्चालन गर्ने मनोवृत्तिबाट नेपालको परिवर्तन सम्भव छैन भन्ने कुरालाई शिक्षित मतदाताले स्वीकार नगरेको देखियो । हामीले जसरी गठबन्धन बनाएर गएका थियौं, त्यसको उद्देश्य जनतामाझ हामीले उजागर गर्न सकेनौं । त्यसकारण गठबन्धनलाई जनताले असहजजस्तो ठानेको देखिएको छ ।

– विकास र समृद्धिका सवालबाहेक तपाईंहरूले जनतामा केपी ओलीले प्रतिगमन गरेकाले संविधानको रक्षाको लागि हामीलाई बहुमत दिनुस् भनेर जानुभएको होइन ?

हाम्रो मुख्य एजेण्डा त्यही हो । तर, ओली (एमाले)लाई पनि त्यति धेरै मन पराएजस्तो त देखिएन । पहाडी क्षेत्रहरूमा एमालेसँग प्रतिस्पर्धाजस्तो देखियो । एमाले पहिलो त भयो । तर, बढाउन सकेन । अहिले मतदाता थपिएका छन् नि ! ती मतदाता कहाँ गए ? नयाँ मतदातालाई सम्बोधन गर्ने खालका एजेण्डा भएनन् भन्ने नै हो ।

अहिले त कस्तोसम्म भान हुन्छ भने एउटा कुनै तानाशाह आएर सबैलाई कन्ट्रोल गरे पनि हुन्छ भन्ने खालको पनि मनोवृत्ति छ । यसले देशलाई सकारात्मक दिशातर्फ लैजाँदैन । हामीले हाम्रो लोकतन्त्र र प्रजातन्त्रलाई नै जोगाउनुपर्नेछ ।

– गठबन्धनलाई जनताले रूचाएको त देखिएन । अब पनि तपार्ईंहरू गठबन्धनकै पक्षमा हो ?

हामीले नेपालको ऐतिहासिक पृष्ठभूमिलाई पनि हेर्नुपर्छ । सबै राजनीतिक दलहरू मिलेरमात्रै अहिलेको परिवर्तन सम्भव गरेका थियौं । परिवर्तन पछाडि देशको आवश्यकता भनेको समृद्धि नै हो । देशलाई आत्मनिर्भर बनाउने, बेरोजगार घटाउने, देश कंगाल हुँदै गएको अवस्था छ । त्यसैले सबै एक ढिक्का भएर जनताको आवश्यकता पूरा गर्न लाग्नु नै अहिलेको आवश्यकता हो ।

दलहरूको विभाजनले देशलाई अगाडि बढाउँदैन । राष्ट्रिय एकता कायम गरेर जानुपर्छ भन्ने हाम्रो मुख्य उद्देश्य हो । त्यसका लागि लामो संघर्षबाट प्राप्त गरेको राज्य व्यवस्था र सरकारको स्थायित्व आवश्यक पर्छ । त्यसका लागि गठबन्धन गरेर जानुपर्छ भन्ने हाम्रो उद्देश्य हो । यो सरकार निर्माणमा उद्देश्यअनुसार पूर्ण हुन सकेनौं । यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउने सन्दर्भमा निर्वाचनसम्म आइपुग्दा त्यो कुरा पूरा गरेका छौं ।

– गठबन्धन दलले ओलीले प्रतिगमन गरेको संविधानलाई ट्र्याकमा ल्यायौं भनेका छन् । जुन एमालेले भोट ल्याएको हेर्दा त्यो स्थापित गर्न सक्नुभएन नि ?

दुई पटक विघटन भएको संसदलाई जोगाएर पाँच वर्षमा नियमित निर्वाचन गराउन सफल भएको कुरा सत्य हो । अनुमोदनको हिसाबले जुन शक्तिमा पुगेपछि संविधानमाथिको खतरा टरेको छ । तर, त्यो कुरामा मैले अघि पनि भने जुन कुरा हामीले राजनीतिक चेतका साथ हेर्छौं । त्यो जनतासम्म पुर्‍याउन सकेनौं ।

– जनताले त्यो खतरा देखेको भए त कांग्रेसभन्दा धेरै भोट एमालेलाई दिँदैनथे होला नि ?

त्यसका पनि केही आधार छन् । जनताले आफ्नो समृद्धिलाई प्राथमिकता राखेका हुन्छन् । त्यो जस्तोसुकै ठाउँबाट आओस् । अहिले त कस्तोसम्म भान हुन्छ भने एउटा कुनै तानाशाह आएर सबैलाई कन्ट्रोल गरे पनि हुन्छ भन्ने खालको पनि मनोवृत्ति छ । यसले देशलाई सकारात्मक दिशातर्फ लैजाँदैन । हामीले हाम्रो लोकतन्त्र र प्रजातन्त्रलाई नै जोगाउनुपर्नेछ ।

राजनीतिक र जनताको अवस्थामा पनि सोच्नुपर्छ । हाम्रो पार्टीका शीर्ष नेतासम्म पुग्ने रिपोर्ट र कार्यशैलीमा पनि परिवर्तन गर्नुपर्छ । यो पद्धतिबाट पार्टी सञ्चालन गर्ने हो भने पुरानो आफ्नो ट्र्याक त राख्ला । तर, भविष्य राम्रो देखिँदैन । त्यसकारण पार्टीलाई बदलिँदो परिस्थितिअनुसार नै अगाडि लानुपर्छ ।

– यो चुनावपछि पार्टीभित्र अझै गठबन्धनको निरन्तरता भन्ने हुन्छ कि फेरि वाम एकता भन्नेमा छलफल हुन्छ ?

अहिलेसम्मलाई त हामीले सरकार बनाउने र स्थायित्वकै लागि गठबन्धन बनाएका हौं । तर, हामीले छलफल चलाउनुपर्ने यतिमात्रै होइन । राजनीतिक र जनताको अवस्थामा पनि सोच्नुपर्छ । हाम्रो पार्टीका शीर्ष नेतासम्म पुग्ने रिपोर्ट र कार्यशैलीमा पनि परिवर्तन गर्नुपर्छ । यो पद्धतिबाट पार्टी सञ्चालन गर्ने हो भने पुरानो आफ्नो ट्र्याक त राख्ला । तर, भविष्य राम्रो देखिँदैन । त्यसकारण पार्टीलाई बदलिँदो परिस्थितिअनुसार नै अगाडि लानुपर्छ ।

– माओवादी ओरालो यात्रामा लागेको निर्वाचन परिणामले देखाएको छ । अब पनि समीक्षा गर्दा के अझै कांग्रेससँग गठबन्धनलाई निरन्तरता दिन्छ ?

अब सरकार गठनको विषयमा त कांग्रेससँगको गठबन्धन पनि चल्ला । कांग्रेसले गठबन्धनलाई कसरी बुझ्छ । पार्टीहरूलाई पुनर्निर्माण गर्ने विषयमा चाहिँ आफ्नो उद्देश्य र लक्ष्यको आधारमा पार्टीलाई जनताको बीचमा जोडेर जानुपर्छ । अब अरूसँग भर परेर हुँदैन । आफै आत्मनिर्भर बन्ने बाटोतर्फ जानुपर्छ । हामीले अरूसँग मिलेरमात्रै हुँदैन । आफ्नो अस्तित्वको कुरा पनि आउँछ । त्यसका लागि कांग्रेसले पनि मान्दैन । तर, हामी कम्युनिष्टहरूको बीचमा बृहत छलफल र ध्रुवीकरण चाहिँ आवश्यक छ । सरकार गठन अहिले दुई वर्षको लागिमात्रै हो । त्यसपछि विश्वासको मत लिनेदेखि अनेक झमेला आउनसक्छ ।

– त्यसो भए अब दुई वर्षे सरकारको नेतृत्वको माओवादीले गर्छ कि कांग्रेसले ?

माओवादीले स्वाभाविक रूपमा आफ्नो नेतृत्व दाबी गरिरहेकै छ । कांग्रेसको दाबी पनि स्वाभाविक हो । त्यसको बारेमा अब छलफलपछि नै निर्णय हुन्छ । ठूलो पार्टी भएकाले कांग्रेसको पहिलो हक हुन्छ । तर, राजनीतिक सहमतिको कुरा पनि आउँछ ।

– माओवादी र एमाले मिलेर सरकार बनाउनेबारे पनि छलफल चलेको छ । यो कहाँबाट आइरहेको छ ?

यो सकारात्मक कोणबाट कम्युनिष्टहरू मिल्नुपर्छ भन्ने आइरहेको छ । तर, हामीले कम्युनिष्ट ट्र्याकमा भए पनि चरित्रमा छौं कि छैनौं भनेर सोच्नुपर्छ । हाम्रो चरित्र एउटै भएमा त्यसमा कुनै दुईमत नै भएन । यो कुरा चलेपनि राजनीतिक आकार ग्रहण गरेको छैन ।

अब अरूसँग भर परेर हुँदैन । आफै आत्मनिर्भर बन्ने बाटोतर्फ जानुपर्छ । हामीले अरूसँग मिलेरमात्रै हुँदैन । आफ्नो अस्तित्वको कुरा पनि आउँछ । त्यसका लागि कांग्रेसले पनि मान्दैन । तर, हामी कम्युनिष्टहरूको बीचमा बृहत छलफल र ध्रुवीकरण चाहिँ आवश्यक छ ।

– कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री दिएन । तर, एमालेले स्वीकार गर्‍यो भने त्यो सम्भावना छ कि छैन ?

त्यो तहसम्म अहिले छलफल भएको छैन प्रचण्डलाई प्रधानमन्त्री जसले बनाउँछ, त्यहाँ जाने भन्ने पनि छैन । गठबन्धनको औचित्य सक्यो भन्ने लाग्यो भने त्यो ठीक होला । तर, अहिले गठबन्धनको औचित्य पूरा भइसकेको छैन ।

– माओवादी सरकारमा जान हुँदैन भन्ने कुरा पनि आइरहेको छ । त्यसलाई कसरी हेर्नुभएको छ ?

कांग्रेस र एमाले नै मुख्य शक्ति हुन् । उनीहरू नै मिले भने स्वाभाविक रूपमा माओवादी प्रतिपक्षमा बस्छ । तर, सरकार त बनाउनु नै छ । उनीहरू नमिले माओवादीको अनिवार्य उपस्थिति आवश्यक छ । प्रतिपक्षमा बसेर उठाएको एजेण्डा कार्यान्वयन गर्न त सत्ता चाहिन्छ । त्यसका लागि पहिलो प्राथमिकता सत्ता नै हुन्छ । प्रतिपक्षमा बसेर विरोध गर्नुभन्दा सरकारमा बसेर कार्यान्वयनमा लाग्दा उपयुक्त हुन्छ ।

– हरेक निर्वाचनबाट पार्टीको आकार घट्दै गएको छ, माओवादी प्रचण्डलाई देखाएर कहिलेसम्म चल्छ त ?

प्रचण्डलाई देखाएर भन्दा पनि हामी सबै संघर्षबाटै आएका छौं । प्रचण्डले नेतृत्व गरेको अभियानले देशमा परिवर्तन ल्यायो । अब प्रचण्ड पनि आवश्यकताको आधारमा रूपान्तरण हुनुपर्छ भन्ने हो । तर, निर्वाचनबाट माओवादीको मात्रै होइन सबै दलको आकार घटेको छ ।

– माओवादीभित्र अबको बहसमा केही नेताहरू त सरकारमा जालान् । तर, अन्य नेताहरूले कुन बहसमा पाँच वर्ष बिताउनुहुन्छ ?

सरकारले जनताको आवश्यकतालाई बुझेर व्यवस्थापकीय काम गर्छ । हामी जनतामाझ बसेर जनताका मुद्दालाई उठाउँछौं । हामी लोकतान्त्रिक संवैधानिक व्यवस्थापनमा छौं । हामी अर्को पटक चुनावमै जाने हो । हामी जनताको जीवनलाई परिवर्तन गर्नसक्ने एजेण्डाका साथ संगठन निर्माणमा लाग्छौं ।

– अर्कोपटक चुनावमा जाँदा माओवादी कांग्रेससँग भेटिएला कि एमालेसँग ?

त्यो एमाले र कांग्रेस माओवादीसँग कति भेटिन्छ भन्ने कुराले निर्धारण गर्छ । कांग्रेस र एमाले चाहिँ निर्णायक शक्ति अरू चाहिं पुच्छर होइन । यो बीचमा माओवादीले आफूलाई सबैभन्दा उत्कृष्ट शक्तिको रूपमा स्थापित गर्नुपर्छ । वामपन्थी एकताको कुरा गर्दा पनि एमाले र माओवादीका आधारभूत कुरामा फरक छन् । त्यही भएर न एकता टिक्न नसकेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर