मंसिर ४ मा बुथ कब्जा गरिएको दोलखामा यसरी भइरहेको छ पुन: मतदान (१८ तस्बिर) – Nepal Press

मंसिर ४ मा बुथ कब्जा गरिएको दोलखामा यसरी भइरहेको छ पुन: मतदान (१८ तस्बिर)

काठमाडौं । दोलखाका १० मतदान केन्द्रमा पुन:मतदान भइरहेको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको हो ।

गत मंसिर ४ गते सत्ता गठबन्धनले बुथ कब्जा गरेपछि मतदान स्थगित भएको थियो । अहिले मतदान भइरहेको केन्द्रहरुमा सुरक्षाकर्मीहरु बाक्लो परिचालन भएको छ । मतदान केन्द्र बाहिर दलका नेताहरु भेला भएर बसेका छन् ।

स्थानीयहरु भने केही त्रसित देखिन्छन् । मंसिर ४ गतेको चुनावमा स्थानीयहरुलाई धम्काएर बुथ कब्जा गरेपछि यसपटक पनि त्यस्तै हुने होकी भन्ने डर स्थानीयमा छ । तर प्रहरीको बाक्लो उपस्थितिले मतदान केन्द्रमा मतदान मतदाताहरु राहत महसुस गरेका छन् ।

निर्वाचन आयोगको यही मङ्सिर ११ गते बसेको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख र ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख तथा तामाकोसी गाउँपालिका–३ जफे हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख गरी सात मतदान केन्द्रमा आज मतदान गर्ने निर्णय गरेको थियो ।

त्यस्तै, वैत्यश्वर वडा नम्बर ३ को कालीढुङ्गा मावि मतदान केन्द्रमा क, ख र ग मतदान केन्द्रमा मतदानसुरू भएको छ ।मतदान केन्द्रमा चार बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेका  छन् ।

निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न भएकोे निर्वाचनलाई रद्द गरी सोही ठाउँमा पुनः मतदान गर्ने निर्णय गरेको थियो । मतदान केन्द्रमा चार बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेका  छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर