कांग्रेस महामन्त्री विश्व प्रकाशको अग्रता बढ्दै, तेस्रो प्रयासमा होलान् त सफल ? – Nepal Press

कांग्रेस महामन्त्री विश्व प्रकाशको अग्रता बढ्दै, तेस्रो प्रयासमा होलान् त सफल ?

काठमाडौं । झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अग्रता बढाउँदै लगेका छन् ।

३६२७ मत गणना हुँदा शर्माले ११७६ मत ल्याएका छन् । यस्तै नेकपा एमालेका अग्नि खरेलले ११४७ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारीले ३५४ मत पाएका छन् ।

महामन्त्री शर्माको झापा १ मा यो तेस्रो प्रतिस्पर्धा हो ।

पहिलोपटक २०७० मा एमालेका रविन कोइरालासँग पराजित भएका शर्मा २०७४ मा वाम गठबन्धनका राम कार्कीसँग पराजित भएका थिए ।

यसपटक उनका लागि यो चुनाव जित्नै पर्ने दबाब छ ।
पार्टीको शीर्षस्थानमा पुगे पनि जनताको मतबाट निर्वाचित हुन नसकेका शर्माले यसपटक माओवादीको साथ पाएका छन् ।

उता एमाले स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री अग्नि खरेललाई राप्रपाको साथ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर