ओलीको दाबी- प्रचण्डको बिचौलियाको रोल अब सकियो, चुनावपछि गठबन्धनमा रहँदैनन् (भिडिओ) – Nepal Press
नेपाल टक

ओलीको दाबी- प्रचण्डको बिचौलियाको रोल अब सकियो, चुनावपछि गठबन्धनमा रहँदैनन् (भिडिओ)

‘राम सीताबाट भागेर चितवन छाडेका प्रचण्डलाई गोरखामा त्रिशूल बोकेको महादेव पठाइदिन्छु’

काठमाडौं । सत्ता गठबन्धनका ५ जना शीर्ष नेताहरू चितवनको भरतपुरमा पुग्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिवार सुदूरपश्चिमका तीन जिल्लामा आमसभा भ्याउँदै थिए । दार्चुलाबाट शुरु भएको ओलीको चुनावी अभियान ८ दिनपछि पुनः सुदूरपश्चिम पुगेको थियो ।

देशमा एक प्रकारले ओली भर्सेस गठबन्धनको प्रतिस्पर्धा छ । एकातिर देशका बहालवालासहित प्रधानमन्त्री भइसकेका ५ जना नेताहरू गठबन्धनको शक्ति लिएर हिँडिरहेका छन् भने अर्का एक पूर्व प्रधानमन्त्री ओली ‘वान म्यान शो’मा छन् ।

गठबन्धनले भावी प्रधानमन्त्री तोक्न नसकेका बेला एमालेबाट सर्वसम्मत रूपमा प्रधानमन्त्री उम्मेदवार बनेका ओली शुक्रवार मध्यराति ठमेलको एलओडी क्लबमा थिए भने शनिवार डोटीको दिपायलमा पुगेर कांग्रेस बिग्रिएकाले सपार्नका लागि एमालेलाई मत दिन कांग्रेस कार्यकर्तालाई आग्रह गरिरहेका थिए ।

चुनावी अभियानकै क्रममा अध्यक्ष ओलीले कांग्रेस नेताहरूलाई अनौपचारिक रूपमा ‘चुनावपछि प्रचण्ड तपाईँहरूसँग रहँदैनन्’ भन्ने सूचना समेत दिइसकेका छन् । त्यसो त बालुवाटारमै पुगेर ओलीले चुनावपछि प्रचण्ड कांग्रेसको साथमा नरहने कुरा देउवालाई नै सुनाइसकेका थिए ।

ओलीले गठबन्धनमा फाटो पार्न बोलेका हुन् कि,तयारीसहित भनेका हुन् ? यी लगायत विभिन्न प्रश्नहरूमा केन्द्रित रहेर गरिएको अध्यक्ष ओलीसँगको करिब १ घण्टा २० मिनेट लामो भिडिओ अन्तर्वार्ताको सम्पादित अंश प्रस्तुत छ, नेपाल टकमा ।

गठबन्धनका ५ जना प्रधानमन्त्रीहरुको दौडाहा छ, तपाई एक्लै देशव्यापी वान म्यान शो चलाइरहनुभएको छ,मंसिर ४ पछि पनि तपाईँलाई सबैभन्दा ठूलो दलको नेताको हैसियतमा पाइला ?

यसपटक निर्वाचनमा आयोगले प्रचार गर्ने पर्याप्त समय दिएन । त्यसैले लिडरहरुले धेरै ठाउँमा जाने समय पनि रहेन ।१५ दिन समय राख्दा खेरि कात्तिक १७ समेत र मंसिर १ गतेसम्म जोड्दा बल्ल १५ दिन भयो । तर पनि सकेसम्म गइएको छ ।

जहाँसम्म मंसिर ४ पछिको कुरा छ, यो स्टाटस त हुँदैन । अहिले देशलाई फुटेका चोइटाहरू जोडेर,देशप्रति जनताप्रति जिम्मेवारीवोध नभएका यस्ता तत्त्वहरू जोडेर हुन्न । जसले गठबन्धन भनेका छन् तर आ आफ्ना घोषणापत्र जारी गरेका छन् । भोलि यिनीहरूले कसको घोषणापत्र लागु गर्ने हुन् ? केही छ,कुनै पनि गर्दैनन् । किनकि यिनीहरू सरकारमा जनताको मतबाट त जानै पाउँदैनन् । परमादेशहरू ल्याएर खाने हुन् । मैले त हाम्रो घोषणापत्रमा प्रचण्डलाई पनि मनाएको थिएँ । तर पनि चलेन । अब देशलाई जोरजाम गरेर,स्वार्थी तत्त्वहरू मिलाएर होइन बलियो शक्तिसहितको सरकार चाहिन्छ । त्यो एमालेबाहेक अरू छैन । किनकि यिनीहरूसँग एमालेसँग एक्लै लड्ने हैसियत र तागत नै छैन । अब यिनीहरूलाई बिदा गर्नुपर्छ प।प यस्तो परिस्थितिमा पनि जनतामा त्यो सचेतना भएन भने देशलाई दुर्भाग्य हुन्छ । त्यसैले तपाईँले सोधेजस्तो अहिलेको हैसियत कायम रहँदैन । ठूलो दल त एमाले अहिले नै छँदै छ,अब बहुमत ल्याउने हो ।

कांग्रेस आफैँ एक्लै लड्दा पनि ठूलो पार्टी हुने हैसियतको छ, त्यसमाथि माओवादी यस्तो पार्टी हो ऊ जता लाग्यो त्यसलाई ठूलो बनाइदिन सक्छ । कसरी तपाई बहुमतको कल्पना गर्नुहुन्छ ?

२०१५ सालमा माओवादी थिएन कांग्रेस पहिलो शक्ति थियो,२०४८ सालमा माओवादी जम्मा ९ सीट थियो । त्यसपछि सीट नै नआउने भएपछि अर्को बाटो लाग्यो । २०६४ पछि कहिल्यै सत्ताबाट हटेन । एकपटक ७० पछि हटेको हो । २०६४ मा त त्यो चुनाव नै भएको थिएन, आतंक थियो । त्यसैले त्यो संविधानसभाले संविधान बनाउँदैन भनेर मैले सुरुमै भनेको थिएँ । मैले नै पहल गरेर म्याद थपको हो तर पनि सकेन ।

२०७० को चुनावमा माओवादीको हैसियत के थियो थाहा पाइहाल्नुभयो । हो ठिकै भन्नुभयो माओवादी अहिले बिचौलियाको भूमिकामा छ । बिचौलिया भएर सत्ताको स्वाद चाखेको छ तर उसले चाहेर अब केही हुन्न । यो त जसरी पनि खुट्टा माथि नै छ भनेजस्तै कुरा हो ।

यिनीहरूले नाकको चालले बाध्य भएर चुच्चे नक्सा समेट्नका लागि मैले लगेको संविधान संशोधन प्रस्तावमा सही गर्नुपरेको थियो अहिले पनि मैले दार्चुलाबाट गुमेको भूभाग फिर्ता ल्याउने कुरा गर्दा यिनीहरू आत्तिएका,डराएका देख्नुभयो ।

तर पनि देउवासँग गठबन्धन छ, तपाईँले केही ठाउँमा मात्र तालमेल गर्नुभयो नि किन ?

हामीले केही ठाउँमा स्थानीय आवश्यकता अनुसार तालमेल गरेको हो । एमाले एक्लै चुनावमा छ । तर कांग्रेस त एक्लै चुनाव लड्न आँट नै गर्दैन नि । कुनै कांग्रेसको नेतासँग एक्लै चुनाव लडेर जित्छौँ भने आत्मबल नै छैन ।

जहाँसम्म गठबन्धनको कुरा छ,मैले पोहोर पनि भनेको थिएँ,५ वटा एक एक किलोका ढक र क्विन्टलको ढकमा फरक पर्छ । मोहनविक्रमको कति तौल छ ? गठबन्धनमा दुइटा पाएको छ होइन ? दुइटै जान्छ । गठबन्धन उनलाई चाहिएको छ किनकि जित्नका लागि । पहिले एमालेलाई ठगेर एक सीट खाएको थियो,अहिले कांग्रेस ठगेर खान पाइन्छ कि भनेर मोहनविक्रम सिंहलाई गठबन्धन चाहिएको छ ।

त्यसैले कांग्रेस आफ्नो बहुमत नआउने भएपछि यो चुनावमा कसैको पनि बहुमत आउँदैन भन्दै छ ।

स्थानीय चुनावको मत हेर्दा त गठबन्धनभन्दा एमाले धेरै क्षेत्रमा कमजोर देखिन्छ नि ?

डेढ वर्षअघि एमालेलाई सिद्ध्याउँछु भनेको होइन ? दिउँसै टर्च बाल्नुपर्छ भनेको होइन ? एमालेलाई भित्तामा टाँस्ने भनेको होइन ? कुनामा लगेर खुम्च्याइदिने भनेको होइन , धुलोमा मिलाइदिन्छु माटोमा मिलाउँछु भनेको होइन ?त्यस ठाउँबाट एमाले आएको हो । महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई सडकबाट साधारण सदस्यबाट निष्कासन गरेका होइनन् ? यो सबै तमासा यिनीहरूको इच्छा त त्यो थियो नि ।

स्थानीय चुनावसम्म आउँदा एमाले सिद्धिन्छ भन्ने थियो । तर उनीहरूले जति बल गर्दा पनि सकेनन् । अब के वडाध्यक्षको मत जोड्ने,सांसदकै जोडौँला । समानुपातिक मत जोडौँला । उनीहरू पुरानो हिसाब गर्छन् । तर हामी नयाँ हिसाब गर्छौँ । थपिएका २० लाख मतदाताको हिसाब गर्छौँ ।

एमाले राष्ट्रिय शक्ति हो । आजको यथार्थ के हो भने एमाले अब सुदृढ मात्र होइन एक्लै एउटा राष्ट्रिय शक्ति बन्नेछ । राष्ट्रलाई विचार दिने,राष्ट्र निर्माणको खाका दिने,गन्तव्य दिने समृद्ध नेपाल सुखी नेपालीको गन्तव्य बनाएर अघि बढ्ने एउटा राष्ट्रिय शक्तिका रूपमा एमाले स्थापित हुनेछ ।

तपाईँले चुनावी अभियान शुरु गर्दै गुमेको भूमि फिर्ता ल्याउने भन्नुभयो । प्रधानमन्त्रीले र बाबुराम भट्टराईले तत्कालै प्रतिक्रिया दिँदै भौगोलिक अखण्डताजस्तो यस्तो विषय चुनावी मुद्दा बनाउनु हुँदैन भन्नुभयो नि ? राष्ट्रवादको कार्ड खेल्न खोज्नुभएको हो ?

यिनीहरूको उद्देश्य त्यही हो, यिनीहरूलाई ठूलो पीर छ, कतै गुमेको भूभाग केपी ओलीले फिर्ता ल्याउँछ कि भन्ने ठर छ । त्यो चुच्चे नक्सा जारी गर्ने यिनीहरूको चाहना थिएन, डराएका थिए दुनियाँलाई थाहा छ ।

यिनीहरूले नाकको चालले बाध्य भएर चुच्चे नक्सा समेट्नका लागि मैले लगेको संविधान संशोधन प्रस्तावमा सही गर्नुपरेको थियो अहिले पनि मैले दार्चुलाबाट गुमेको भूभाग फिर्ता ल्याउने कुरा गर्दा यिनीहरू आत्तिएका, डराएका देख्नुभयो ।

आदेशमा (विदेशीका) चल्नेहरूको हालत के हुन्छ भन्ने कुरा डा.बाबुराम भट्टराईलाई हेरे हुन्छ । लोसपालाई हेरे हुन्छ । त्यो अब राष्ट्रिय पार्टी बन्दैन । माधवकुमार नेपाल हेर्नुस् । यो खालका छद्म तत्त्वहरू, आदेशपालकहरु तीनको हालत के हुन्छ,यो चुनावमा हेर्नुहोला ।

यिनीहरूलाई डर छ क्या । हुलाकी राजमार्गका कुरा गर्थे एमालेले बनाएर देखायो । मदन भण्डारी राजमार्ग बनायो । एक दिनमा ५ किलोमिटर सडक बनाएर देखायो त । एमालेले सुरुङमार्गको युगमा प्रवेश गरायो त । पूर्व पश्चिम राजमार्ग चौडा हुँदैछ त । राति पनि उडान भर्न आन्तरिक विमानस्थलहरू सञ्चालन गरायो त । त्यसरी गर्न सकिँदो रहेछ । ठूला आयोजना गर्न सकिने रहेछ । ३ वर्षभित्र मेलम्ची ल्याइयो त ।

तर अहिले मेलम्ची रोकिएको छ नि ?

यस्ता भएपछि रोकिइहाल्छ । यिनीहरूले अंग्रेजी नयाँ वर्ष भने, नेपाली नयाँ वर्ष भने । त्यसपछि दशैं भने । तर यिनीहरूबाट केही पनि काम हुँदैन तर हामीले गरेर देखायौँ नि । उत्तरतिरबाट पनि बाटो खोल्न सकिने रहेछ । पूर्वाधारको विकास हुने रहेछ ।

तर अब तपाईँको घमण्ड अनि एमालेलाई, अर्थात् उनीहरूकै भाषामा प्रतिगमनलाई अन्तिम धक्का मंसिर ४ मा दिने रे नि ?

त्यस कारण केपी ओलीको विरोध, केपी ओली सिध्यानुपर्छ भन्दै छन् । केपी ओलीलाई अन्तिम धक्का किन भने, उत्तरबाट बाटो खोलेकोमा यिनीहरूको छाती भतभती पोलेको छ । यिनीहरूको कलेजा पिल्सिएको छ त्यो आगोले । यस कारण एमालेलाई अन्तिम धक्का दिन चाहिरहेका छन् । एमालेले गरेका काम रोक्न यिनीहरू कसको लागि कम्फरटेबल बन्न खोजिरहेका छन् सबै थाहा छ त ।

तपाईँले दार्चुलाबाट भूमि फिर्ताको कुरा गर्दा प्रधानमन्त्रीले त्यहाँ बोलेर हुन्न भन्नुभयो । बाबुरामजीले त हिटल र महेन्द्र राजाको उदाहरण नै दिनुभयो । कहिले तपाई माडीमा राम सीता लगेर राख्दिएर प्रचण्डलाई खेद्नुहुन्छ,यस्ता विषय चुनावी एजेण्डा हुन् र ?

म सत्यको पुजारी हुँ,विदेशीको दलाल होइन । कसो गर्दा प्रभु खुसी हुन्छन् भन्ने त्यो मेरो विष होइन । नेपालको हितको कुरा गर्नु मेरो दायित्व हो । नेपालको भूभाग समेटेर नक्सा छाप्नु चुनावी एजेण्डा हो र ? भूमि फिर्ता ल्याउँछु भन्नु,स्वाधीनताको रक्षा गर्छौ भन्दा गलत हुन्छ ?

तर उहाँले सक्छौ भने बन्दुक लिएर जाऊ भन्नुभयो ।मैले बन्दुकको कुरा गरेको छैन र तर उहाँ चाहिँ प्रचण्डको संगतले बन्दुक बोक्ने कुरा गर्न थाल्नुभयो ।

गुमेको भूमि पनि ल्याउँछु भन्न पाइन्छ चुनावका बेला ? भन्न मिल्छ ? यस्ता प्रश्न गर्नेहरू कसको सेवामा हुन् ?नेपालको सेवामै हो ? निःशुल्क हो कि सशुल्क हो ? जनताले बुझ्नुपर्छ ।

तर प्रधानमन्त्रीको भनाइ चाहिँ यस्तो कुरा भाषण गरेर होइन, वार्ताको टेबुलबाट कूटनीतिक ढङ्गले समाधान गर्नुपर्छ भन्नुभएको हो । चुनावी एजेण्डा किन बनाउने ?

एजेण्डा कसले बनायो ? दार्चुलामा गएर दार्चुला जिल्लाका समस्या, महाकाली नदीको कटान,तटबन्ध लगायत जनताको समस्या नबोलेर कहाँ बोल्ने ? मैले लिम्पियाधुरा, कालापानीकोमात्र कुरा गरेको छैन । खोलो सर्‍यो भन्दैमा सिमाना सर्दैन भनेको छु । खोलो सर्दा सिमाना सर्दैन भन्ने कुरा शेरबहादुरजीले थाहा पाउनुपर्‍यो ।

उहाँले उत्तेजनात्मक शैलीमा राष्ट्रियताको धज्जी उडाउनुभयो, भौगोलिक अखण्डमाथि खिल्ली उडाउनुभयो । हामी शान्तिपूर्ण संवादबाट हरेक कुराको समाधान खोज्छौँ । तथ्य प्रमाणहरूमा खोजिनुपर्छ । कुतर्कको बलमा होइन ।

तर उहाँले सक्छौ भने बन्दुक लिएर जाऊ भन्नुभयो ।मैले बन्दुकको कुरा गरेको छैन र तर उहाँ चाहिँ प्रचण्डको संगतले बन्दुक बोक्ने कुरा गर्न थाल्नुभयो । उहाँहरू मौसमी कुरा गर्नुहुन्छ ।

एउटा म तपाईँलाई सम्झाउन चाहन्छु, नेपाली कांग्रेसका तत्कालीन सभापति मात्रिका प्रसाद कोइराला प्रधानमन्त्री भएका बेला २००८साल माघ ४ देखि ११ सम भारत भ्रमण गर्दा नेपालका उत्तरी सिमानामा १७ ठाउँमा भारतीय चेकपोष्ट राख्ने सम्झौतामा हस्ताक्षर गर्नुभयो । पछि कृतिनिधि विष्टले २०२६ सालमा तीमध्ये १६ वटा फिर्ता पठाउनुभयो । बाँकी एउटा चेकपोष्ट कालापानीमा छ । त्यो चेकापोष्ट फिर्ता लैजाऊ भन्दा लडाइ गर्नुपर्छ ? सम्झौताबिना हाम्रो भूभागमा राख्न मिल्दैन । त्यति कुरा भन्नु जायज होइन ? शेरबहादुरजीलाई,सुगौली सन्धीपछि १४६ वर्ष भोगचलन गरेको हाम्रो भूमि फिर्ता पाउनुपर्छ भन्नु आपत्तिजनक किन लागेको ? ६० उति बेला सल्टी बाँकी रहेको त्यो कालापानीको चेकपोष्ट फिर्ता पटाउँछौँ भन्दा किन आत्तिएको ? उहाँलाई किन भतभती पोल्ने ? बन्दुक लिएर जाऊ भन्नुपर्ने किन ? मलाई अचम्म लागेको छ ।

प्रचण्डको संगतले देउवा बन्दुकका कुरा गर्न थाल जहाँसम्म माडीमा राम,सीता र लक्ष्मणको मूर्ति राखेपछि प्रचण्ड चितवनबाट भागेको कुरा छ,अब त्रिशुल बोकेको महादेव गोरखामा पठाउँछु । मन्दिर त देख्नै नहुने, भगवानका मूर्ति देख्यो कि तोडफोड गर्न परिहाल्ने ? किरियापुत्री मारेका,मन्दिर ढालेकालाई यस्तै लाग्छ ।

माडीमा राम सीताको मूर्ति स्थापना गरेपछि हुनमानको गधाले हान्छ रे भनेर गोरखा भागे । नेपाली जनताको आस्थासँग उनको यस्तो वैरभाव किन ? हाम्रा इतिहासका यथार्थहरूसँग बैमनश्यता किन ?

एमालेबाट तपाई प्रधानमन्त्रीको उम्मेदवार हुनुहुन्छ, अर्कोतिर गठबन्धनका नेताहरूले आ आफैँलाई दाबी गरिरहेका छन् । तपाई चाहिँ एमालेको मात्र उम्मेदवार कि तालमेल गर्ने अन्य दलहरूको पनि साझा उम्मेदवार हो ?

हामीसँग साथै हिँड्न चाहने, हामीले प्रस्तुत गर्ने नीति कार्यक्रमसँग सहमत हुने, हाम्रो नीति र गन्तव्यसँग सहमत हुने सबैलाई साथमा लिएर जान चाहन्छौं । तर समृद्ध नेपाल भन्दा वैरभाव राख्नेहरूलाई त सँगै लैजान सकिन्न ।

समृद्ध नेपाल,सुखी नेपाली भन्न नचाहनेबाहेक अरूको नेतृत्व हामी गर्छौँ । यो तपाईँको अनलाइन न्युज हेरेपछि किन भन्दैनौँ हामी भनेर मलाई जवाफ दिउन् । सक्छन् तिनीहरू, समृद्ध नेपाल सुखी नेपाली भन्न सक्छन् ? उनीहरू सक्दैनन् । उनीहरू त जो जहाँ उम्मेदवार छ उसैले आफूलाई प्रधानमन्त्रीको दाबी गरेर हिँडेका छन् । गठबन्धन १५ वर्ष जान्छ भन्छन् तर घोषणापत्र फरक फरक छन् । जहाँसम्म हाम्रो कुरा छ,हामी हामीसँग तालमेल गरेकाहरूलाई एमालेको सरकारमा सहभागी गराउँछौँ ।

हामीले पहिले प्रचण्डलाई साथ लिँदा पनि हाम्रो घोषणापत्रमा उनलाई सहमत गराएका थियौँ । त्यस बेला पार्टी एकताका लागि नेकपा नाम राखेर एमाले होल्ड गरेका थियौँ । तर उनीहरू नेकपा छाडेर भागे,कांग्रेसतिर ।

शेरबहादुरजीलाई,सुगौली सम्धीपछि १४६ वर्ष भोग चलन गरेको हाम्रो भूमि  फिर्ता पाउनुपर्छ भन्नु आपत्तिजनक किन लागेको ? ६० उति बेला सल्टी बाँकी रहेको त्यो कालापानीको चेकपोष्ट फिर्ता पठाउँछौँ भन्दा किन आत्तिएको ? उहाँलाई किन भतभती पोल्ने ?  बन्दूक लिएर जाऊ भन्नुपर्ने किन ? मलाई अचम्म लागेको छ ।

प्रचण्डको संगतले देउवा बन्दुकका कुरा गर्न थाल जहाँसम्म माडीमा राम,सीता र लक्ष्मणको मूर्ति राखेपछि प्रचण्ड चितवनबाट भागेको कुरा छ,अब त्रिशूल बोकेको महादेव गोरखामा पठाउँछु । मन्दिर त देख्नै नहुने, भगवानका मूर्ति देख्यो कि तोडफोड गर्न परिहाल्ने ? किरिया पुत्री मारेका,मन्दिर ढालेकालाई यस्तै लाग्छ ।

अहिले त कांग्रेसले बोकेको हुनाले दुई चार सीट आउला,वास्तविक हैसियत अझै थाहा हुन्न । किनकि उसै पनि अहिले त शेरबहादुर जी प्रचण्डकै नीतिमा चल्नुभएको छ । त्यही नीतिमा चलेको हुनाले बन्दुक बोक भन्न थाल्नुभएको छ ।

अब त माअ‍ोवादीले जसको नीति उसकै नेतृत्व भनी सक्यो नि ?

कसको नीति ? कसको नेतृत्व ? प्रचण्डको नीतिमा कांग्रेस हिँडेको चाहिँ हो । शेरबहादुर जी हिँड्नुभएको हो । अब कहिलेसम्म हुन्छ हेर्दै जानुस् ।

कतै चुनावपछि तपाईकनै समर्थनमा प्रचण्ड प्रधानमन्त्री हुने वा फेरि वामपन्थी सरकार बन्ने त होइन ?

पहिलो कुरा के हो भने, प्रधानमन्त्री किन हुने ? किन बन्ने, किन बनाउने ? प्रधानमन्त्री हुन कोही जन्मेको भएर बनाउने कि, प्रधानमन्त्री भएर देश बनाउने नीति विचार गन्तव्य के हो ? जसरी भए पनि प्रधानमन्त्री हुने । जस्तासुकै कर्म कुकर्म गर्न तयार हुने । असंसदीय बाटो हिँडेर भए पनि प्रधानमन्त्री हुने । कुनै राजनीतिक नैतिक इमान नभएको भइसकेपछि त जे पनि हुन्छ

मैले भन्न खोजेको, जसरी गठबन्धनबाट जसपालाई चुनावअघि नै निकाल्नुभयो, चुनावपछि प्रचण्डलाई पनि निकाल्ने हो ?

यस्तो सम्भावनाहरू सबै हुन्छ । प्रचण्ड यो चुनावपछि गठबन्धनमा नरहन सक्छन् । यो कुरा सुनेपछि प्रचण्डजीले कहाँ हुन्छ ? यसलाई कायमै राख्छौँ भन्नुहुन्छ । कांग्रेसको भोट नपाइएला कि भनेर यसको खण्डन गर्छन् । धरोधर्म यो गठबन्धनबाट जाँदैनौँ भन्छन् ।

म यति भन्छु चुनावपछि प्रचण्ड देउवाको गठबन्धनमा रहने ग्यारेन्टी छैन ।

तर प्रचण्डजीले आफूलाई एकदम डाइनामिक भन्छन् । तपाईँले यसो हेर्नुभयो भने प्रचण्ड यसरी पाँच मिनेट ध्यानमग्न भएर बसेको देख्नुहुन्छ ? स्थिर भएर बस्न पनि सक्नुहुन्न । औँलाको चर्खा घुमाइरहेको छ,मनको अस्थिरता औंलहरुमा पोखिन्छ,कतै न कतै छटपटी यता चलिराखेको हुन्छ । त्यसैले चुनावपछि प्रचण्डले यो गठबन्धन छाड्न सक्नुहुन्न भन्ने केही पनि छैन है । चुनावपछि डाइनामिक मान्छेहरूको जे पनि हुनसक्छ ।

तपाईँको त्यो प्रयास हुन्छ,गठबन्धनबाट प्रचण्डलाई निकाल्ने ?

मैले किन प्रयास गर्ने ? स्वार्थहरूको गठबन्धन हो । त्यहाँको लुब्रिक्यान्सी के छ ? उनीहरूको मुख्य स्वार्थ भनेकै केपी ओलीको विरोध हो । म हुँदा उनीहरूको स्वार्थमा आघात पर्ने हो । उनीहरूलाई जोड्ने गम के हो ? त्यो भनेको मेरो विरोध । उनीहरूको खपटपट त चुनावपछि भइहाल्छ । अहिले समाजको मनोवृत्ति हेर्नुस् डिभोर्स बढेको ,सहिष्णुता र समझदारी कम छ । जीवन बिताउँछु भनेर यज्ञमा घुमेका,भगवान् साक्षी राखेर कबुल गरेकाहरु छुटिरहेका छन् भने स्वार्थहरूको भविष्य के हुन्छ ? त्यसैले यो चुनावपछि स्वार्थको भविष्य चकनाचचुर हुन्छ । म यति भन्छु चुनावपछि प्रचण्ड देउवाको गठबन्धनमा रहने ग्यारेन्टी छैन ।

जसपा गठबन्धन छाड्न चाहदैन थियो, तर जसपालाई बाहिर पठाउन प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेतामाथि दबाब थियो । कतै यसमा भारत विरोधी मानिएकाहरु एक ठाउँमा तपाईँको नेतृत्वमा जम्मा हुन भूराजनीतिक शक्तिको हात पनि छ कि ?

म यसमा थप केही भन्न चाहन्न । आदेशमा (विदेशीका) चल्नेहरूको हालत के हुन्छ भन्ने कुरा डा.बाबुराम भट्टराईलाई हेरे हुन्छ । लोसपालाई हेरे हुन्छ । त्यो अब राष्ट्रिय पार्टी बन्दैन । माधवकुमार नेपाल हेर्नुस् । यो खालका छद्म तत्त्वहरू, आदेशपालकहरु तीनको हालत के हुन्छ,यो चुनावमा हेर्नुहोला ।

माधव नेपालको पार्टीमा गएकाहरू जो छन् भ्रमबाट मुक्त हुँदैछन् । तर चुनाव अगाडि एमालेमा आउनुपर्छ । चुनावमा काम नलाग्ने कार्यकर्ता र युद्धमा काम नलाग्ने सिपाहीको अर्थ हुन्न । देशलाई बिग्रन नदिन,विकासको बाटोमा अघि बढाउन एमाले मजबुत राष्ट्रिय शक्ति बन्नुपर्छ । फुटेका खबटा जोडेर हुन्न ।

माधव नेपालको पनि तपाई चुनावमा हेर्नुस् । पार्टीले बनाइदिएको हैसियत दुरुपयोग गरेर एक छिन पसल त उहाँले खोल्नुभयो । तर आदेश पालकको अवस्था अब हेर्नुहोला ।

तर नेकपा एस त चौथो पार्टी बन्ने भन्दै हुनुहुन्छ माधव नेपाल, सुन्नु भएन ?

चौथो ?? एमाले पहिलो,कांग्रेस दोस्रो,माओवादी तेस्रो,जसपा चौथो,राप्रपा पाँचौँ । पाँचसम्म त आउने कुनै सम्भावना छैन । राष्ट्रिय शक्तिमा आउने सम्भावना नै भएन । उहाँको प्रतिस्पर्धा राष्ट्रिय पार्टीभन्दा बाहिरका शक्तिसँग हुनसक्छ ।

मैले सोधेको, तपाई सँग उपेन्द्र यादव आई पुग्नुमा भूराजनीतिक कारण छ कि ?

कहाँ कहाँ के के छ त म जान्दिन । तर म कति भन्न सक्छु भने, चलखेल हुनु हुँदैन । भएको छ भने जनताले त्यसलाई रुचाउँदैनन् । बाह्य म्यानेजमेन्ट हुनुहुन्न । हाम्रो राष्ट्रिय नीतिले आन्तरिक मामिलामा बाह्य हस्तक्षेपको विरोध गर्छ । एमाले के ठान्छ भने नेपालीहरू गोटी बन्नु हुन्न । सबैको मित्र हौँ हामी । हाम्रा दुई भिन्न भिन्न राजनीति र अर्थतन्त्र बोकेका ठूला छिमेकी छन् । उनीहरूको बीचमा प्रतिस्पर्धा हुनसक्छ तर हाम्रो देश त्यस प्रतिस्पर्धामा सामेल छैन । हामी हाम्रा छिमेकीले आन्तरिक मामिलामा म्यानेजमेन्ट गर्न खोज्नु हुँदैन भन्छौँ ।

प्रचण्ड यो चुनावपछि गठबन्धनमा नरहन सक्छन् । यो कुरा सुनेपछि प्रचण्डजीले कहाँ हुन्छ ? यसलाई कायमै राख्छौँ भन्नुहुन्छ । कांग्रेसको भोट नपाइएला कि भनेर यसको खण्डन गर्छन् । धरोधर्म यो गठबन्धनबाट जाँदैनौँ भन्छन् ।

अघि नेकपा एसको कुरा गर्नुभयो, मंसिर ४ अघि नै एमालेमा फर्किनेलाई कुनै प्याकेज छ र ??

प्याकेज स्याकेजको कुरा छैन । मुख्य कुरा देश बनाउने कुरा हो । माधव नेपालको पार्टीमा गएकाहरू जो छन् भ्रमबाट मुक्त हुँदैछन् । तर चुनाव अगाडि एमालेमा आउनुपर्छ । चुनावमा काम नलाग्ने कार्यकर्ता र युद्धमा काम नलाग्ने सिपाहीको अर्थ हुन्न । देशलाई बिग्रन नदिन,विकासको बाटोमा अघि बढाउन एमाले मजबुत राष्ट्रिय शक्ति बन्नुपर्छ । फुटेका खबटा जोडेर हुन्न ।

एमालेजस्तो राष्ट्रिय शक्ति बनाउने अभियानमा चुनावअघि नै सामेल हुनुपर्छ । माधव नेपालको पछाडि गएका साथीहरुलाईमात्र होइन अरुलाई पनि आह्वान गर्छु ,माओवादीमा गएकालाई पनि आह्वान गर्छु । मंसिर ४ अघि नै एमालेमा आउनुस् अनि मात्र तपाईँको योगदानको अर्थ हुन्छ ।

अलिकति ठूलो आकार लिएपछि घट्न पनि समय लाग्छ । माओवादी सिद्धिनुको विकल्प छैन । माओवादी सिद्धिने सुन्दर विकल्प थियो एमालेसँग मिलेको बेला । एमालेमा एकीकृत भएर सिद्धिँदा त्यहीँभित्र विलीन हुन्थ्यो । रूपान्तरणको मौका थियो,त्यसैले चुनावअघि नै आउनुपर्छ । कांग्रेस गतिलो भएन भन्ने यति चर्को आवाज छ । उहाँहरूलाई पनि भन्छु अलमल नगर्नुस् एमालेमा आउनुस् ।

तपाईँलाई दसैँकै बेला कांग्रेसका एक जना प्रभावशाली पदाधिकारीले भेटेर १० जनाजतिको नाम दिएका थिए । मेरो सूचनाले भन्छ ती नामहरूलाई तपाईँले सघाएपछि तपाईँलाई प्रधानमन्त्री बनाउने कुरा पनि थियो । ती मध्ये स्वर्णिम वाग्लेले त हो भन्नुभयो, तर किन उनीहरूलाई लिन सक्नुभएन ?

उहाँहरूसँग पोलिटिकल कुराहरू भए । उहाँहरूले कांग्रेस गतिलो भएन, कांग्रेस नसपार्ने हो भने देश सही बाटोमा हिँड्ने भएन भन्ने चिन्ता व्यक्त गर्नुभयो । कांग्रेसलाई सच्याउनै पर्ने भयो भनेर आएपछि मैले समर्थन गरेको थिएँ । कांग्रेसले प्रचण्डपथ बोकेर हिँडेकोमा,माओवादीबाट मारिएका कार्यकर्ताको रगतमाथि सौदाबाजी गरेकोमा उहाँहरू चिन्तित भएकाले सघाउने भनेको हो ।

तर प्रचण्डलाई त तपाईँले पनि बोकेको हो नि ?

मैले त माओवादीलाई आफ्नो घोषणापत्रमा ल्याएर,आफ्नो पार्टीको घोषणापत्रमा,जबजमा विलीन गराएको थिएँ । नाम मात्र जनताको जनवाद भनेको हो,कन्टेन्ट जबज नै थियो । म अध्यक्ष भएर पार्टी एकता गरेको हो । दोस्रो अध्यक्ष भनेको त उपाध्यक्ष नै हो नि,जिम्मेवारीका हिसाबले ।

तर पछि त कार्यकारी अध्यक्ष नै दिनुभएको थियो नि ?

कार्यकारी त सबै मान्छे आ आफ्नो ठाउँमा कार्यकारी हुन्छन् । तपाईँले सम्पादक चाहिँ कार्यकारी भन्नुहुन्छ, संवाददाता चाहिँ कार्यकारी हुँदैन ? त्यसैले सबै मान्छे आ आफ्नो ठाउँमा कार्यकारी हुन्छन् ।

तपाईँले १०/१२ जना कसलाई भन्नुभएको हो थाहा छैन । तर म कांग्रेसका सबैलाई भेट्छु । शेरबहादुर देउवालाई नै भेट्छु,उनका मन्त्रीहरूलाई भेट्छु । शेरबहादुरजीसँग मेरो सम्बन्ध ४८ वर्षदेखि छ । अहिले पो प्रचण्डको संगतले बन्दुक लिएर जा भन्नुहुन्छ । कहिले कहिले मसँग भेट्न डराउनुहुन्छ । अस्ति मैले एकपटक भेट्छु भनेँ । शेरबहादुर जीले हुन्छ भन्नुभयो । बिहान ९ बजे अ‍ोलीलाई भेट्छु भन्नुभएछ,एकपछि तहल्का । प्रचण्डजीले इमरजेन्सी मिटिङ नै बोलाउनुभएछ । देउवाजी डराएर थुरथुर । त्यसैले कांग्रेस बिग्रियो भनेर चिन्ता गर्नेसँग पनि भेट भएको छ । मैले पनि कांग्रेस बिग्रिएकोमा चिन्ता व्यक्त गरेको छु । कांग्रेस बिग्रियो भन्नेलाई मेरो समर्थन र सहानुभूति छ ।

माओवादी सिद्धिनुको विकल्प छैन । माओवादी सिद्धिने सुन्दर विकल्प थियो एमालेसँग मिलेको बेला । एमालेमा एकीकृत भएर सिद्धिँदा त्यहीँभित्र विलीन हुन्थ्यो । रूपान्तरणको मौका थियो,त्यसैले  चुनावअघि नै आउनुपर्छ ।

एमालेका लागि यो चुनाव निकै प्रतिकुल छ, तर पनि तपाई एक्लै जित्ने दम्भ भने छाडिरहनुभएको छैन किन ?

सबैभन्दा अनुकूल एमालेलाई छ,त्यसैले एक्लै लड्छु भन्ने आँट कांग्रेससँग छैन । एमालेसँग एक्लै लड्न नसकेर ढोडका लौरा टेक्नेहरूलाई चाहिँ अनुकूलता हो र ? एमालेको ह्याकुलो र जुरो देख्दा डराउँछन् । केपी ओलीसँग यत्रो आतंक यिनीहरूलाई किन ? एमालेलाई अनुकूलता छ । नत्र त एक्लै एक्लै आइहाल्थे नि ? कांग्रेस एक्लै लड्न सक्छ ? एक जना कांग्रेस नेताले भनोस् एमालेसँग एक्लै मुकाबिला गर्न सक्षम छौँ भनेर ।

अब तपाई प्रधानमन्त्री बन्ने के कामका लागि ? तपाईँले १० वर्षपछिको नेपालको परिकल्पना कस्तो गर्नुभएको छ ?

हामीले घोषणापत्रमा २० ग्यारेन्टी भनेका छौँ । २० ग्यारेन्टीमा नेपाल बनाउने विराट रूप देखिन्छ ।

भिडिओ : नविनमुनी स्थापित / तस्बिर : उमेश कार्की 


प्रतिक्रिया

One thought on “ओलीको दाबी- प्रचण्डको बिचौलियाको रोल अब सकियो, चुनावपछि गठबन्धनमा रहँदैनन् (भिडिओ)

  1. यो अन्तर्वार्ता मार्फत आदरणीय सम्पादक ज्यु ले राष्ट्रप्रेमि राजनेता आदरणीय केपि ओलि ज्युसँग गरेको कुराकानि हेर्दा अत्यन्त गौरव र हर्ष लाग्यो। नेकपा एमालेको मुलमन्त्र “समृद्द नेपाल सुखि नेपालि” ले हरेक नेपाली मनलाई आकर्षण गर्न सक्छ। यो शुत्रलाई साकार पार्न सुर्य चिन्हमा छाप हानौँ। टोकनअफ रेष्पेक्ट टु सर्वपृय एवम जनताका सच्चा अभिभावक केपि ओलि ज्यु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर