भारतले चिनी निर्यातमा प्रतिबन्ध थप एक वर्ष बढायो – Nepal Press

भारतले चिनी निर्यातमा प्रतिबन्ध थप एक वर्ष बढायो

काठमाडौं । भारतले आफ्नो उत्पादनमा निर्यात प्रतिबन्धदेखि निर्यातमा कर लगाउन थालेको छ । गत शुक्रबार एक सूचना निकालेर भारतले चिनी निर्यात प्रतिबन्ध पनि लम्ब्याएको छ ।

भारतले पछिल्लो ४ महिनादेखि चिनी निर्यात रोकेको थियो । अब त्यो प्रतिबन्धलाई १ वर्ष लम्ब्याएको हो । यसअनुसार सन् २०२३ को अक्टोबरसम्म चिनी निर्यात प्रतिबन्ध हुनेछ ।

विश्व बजारमा भारतबाट चिनी निर्यात धेरै भएको र घरेलु बजारमा चिनीको मूल्य अकासिएको भन्दै सुरुमा निर्यात रोकेको थियो ।
नेपालले भारतबाट वार्षिक १ लाख ६० हजार मेट्रिक टन चिनी आयात गर्दै आएको थियो ।

भारतले आपूर्तिलाई सहज बनाउन भन्दै चामल निर्यातमा २० प्रतिशत कर लगाएको थियो । यसअघि पनि भारतले गहुँ, गहुँबाट बन्ने वस्तु र चिनी निर्यातमा प्रतिबन्ध लगाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *