दुर्गा पूजाको भण्डारा खाएपछि गाउँभर झाडापखालाको प्रकोप : ७५ जना बिरामी, ४ जना गम्भीर – Nepal Press

दुर्गा पूजाको भण्डारा खाएपछि गाउँभर झाडापखालाको प्रकोप : ७५ जना बिरामी, ४ जना गम्भीर

रुपन्देही । पश्चिमनवलपरासीको रामग्राम नगरपालिका वडा नं १८ पम्फापुरमा दुर्गा पूजा समापनकाको भोज खाएका ७५ जना बिरामी परेका छन् । उनीहरुमा झाडापखाला र भाइरल ज्वरोको प्रकोप फैलिएपछि नगरपालिकाले फिल्डमै स्वास्थ्य उपचारको टोली राखेर उपचार गरेको छ ।

गाउँ नै प्रकोपबाट प्रभावित भएपछि नगर प्रमुख धनपत यादव उपप्रमुख सम्झना चौधरीको स्वास्थ्य टोली लिएर बुधबार नै पुगेका थिए । सो गाउँमा रहेका १२५ जनालाई तत्काल उपचार गरिएको र उनीहरुमध्ये गम्भीर बिरामी ४ जनालाई थप उपचारका लागि पृथ्वीचन्द्र अस्पताल परासीमा ल्याइएको उपप्रमुख चौधरीले नेपाल प्रेसलाई बताइन् ।

रामलखन भर, विन्द्रावती मल्लाह र वन्वन्ती हरिजनको अवस्था गम्भीर रहेकाले नगरपालिकाले एम्बुलेन्समार्फत थप उपचारका लागि परासी ल्याएको चौधरीले बताइन् । बालबालिकादेखि वृद्धवृद्धासम्म गाँउका सबै बिरामी भएपछि नगरपालिकाले तत्काल निर्णय गरेर उक्त स्थानमा स्वास्थ्य शिविर संञ्चालन गरेको उनको भनाइ छ ।

शिविर राखिएपछि अहिले त्यहाँको अवस्था सामान्य भएको र गम्भीर बिरामीको परासीमा उपचार भइरहेको उनले बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *