रुपन्देही १ मा घनश्याम भुसालले दर्ता गराए स्वतन्त्र उम्मेदवारी – Nepal Press

रुपन्देही १ मा घनश्याम भुसालले दर्ता गराए स्वतन्त्र उम्मेदवारी

रुपन्देही । एमालेबाट टिकट नपाएपछि पार्टी परित्याग गरेका घनश्याम भुसालले सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा रुपन्देही क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दर्ता गर्नुअघि आज बिहान पत्रकार सम्मेलन गर्दै नेता भुसालले ओली र आफ्नो अन्तरविरोध नवौं महाधिवेशनदेखिकै भएको बताएका थिए ।

मूल रुपमा कम्युनिष्ट पार्टी कस्तो बनाउने भन्ने विषयमा ओलीसँग अन्तरविरोध रहेको उनले बताए ।

पार्टी त्याग गर्नुअघि भुसालले एमालेलाई सुधार्ने आफ्नो अभियानमा आफू असफल भएको भन्दै अध्यक्ष ओलीले एमालेको गौरवशाली इतिहास समाप्त पारेको आरोप लगाएका थिए ।

भुसाललाई एमाले परित्याग गरेलगत्तै माओवादीले आफ्नो चुनाव चिन्हमा चुनाव लड्न प्रस्ताव गरेको थियो । तर, उनले त्यस प्रस्तावलाई अस्वीकार गर्दै स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

सत्ता गठबन्धन र एमालेमा रहेका क्रान्तिकारी र पार्टीलाई रुपान्तरण गर्नुपर्छ भन्ने चिन्तन राख्ने कार्यकर्ताहरुको जगमा आफूले चुनाव जित्ने भुसालले बताए ।

रुपन्देही क्षेत्र नम्बर १ मा गठबन्धनबाट माओवादी केन्द्रलाई भाग परेको थियो । भुसाल उम्मेदवार हुने भएपछि माओवादीले उम्मेदवारी दिएको छैन । प्रदेशसभा (क) र (ख) मा कांग्रेसका विश्वनाथ यादव र अब्दुल रज्जाकले उम्मेदवारी दर्ता गराएका छन् ।

यहाँ एमालेका सचिव छविलाल विश्वकर्माले प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गरेका छन् ।


प्रतिक्रिया

One thought on “रुपन्देही १ मा घनश्याम भुसालले दर्ता गराए स्वतन्त्र उम्मेदवारी

  1. नाम मात्र स्वतन्त्र । काम प्रचण्डको लागि एमाले विरूद्व जासुसी गर्ने । पहिला बामदेवले गरे अहिले यिनले । टिकट नपाए पार्टी नै छोडनेले वामपन्थी विचार कल्व खोल्ने भनेको सुन्दा उदेक लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर