शुरु भयो दशैंको उमंग, नयाँ नोट साटेर हुँदैछन् दंग (तस्वीरहरु) – Nepal Press

शुरु भयो दशैंको उमंग, नयाँ नोट साटेर हुँदैछन् दंग (तस्वीरहरु)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि दशैंका लागि नयाँ नोट वितरण शुरु गरेको छ ।

केन्द्रीय बैंकको बालुवाटारस्थित कार्यालयबाट नयाँ नोट वितरण शुरु गरिएको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवती नेपालले नेपाल प्रेसलाई जानकारी दिए ।

आज कार्यालय समय शुरु भएदेखि नै सर्वसाधरणहरु बिहानैदेखि राष्ट्र बैंकमा पैसा साट्नेको लाइन लागेको उनले बताए । दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ । ५, १०, २० ५० १०० ५०० र १००० को नयाँ नोट साट्न पाउनेछ ।

एक व्यक्तिले ५ देखि एक सय दरका एक एक प्याकेट गरी १८ हजार ५ सय सम्म साट्न पाउनेछन् । अन्य बैंक तथा वित्तिय संस्थाले भने असोज २ गतेदेखि वितरण गर्ने नेपालको भनाइ छ ।

यस पटकको दशैमा १० अर्ब नयाँ नोट सटही गर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । गत वर्ष सात अर्ब रुपैयाँ नयाँ नोट वितरण गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर